डिएसपीको ‘सुसाइड नोट’: सरी चिफ साब, सरी फ्रेण्डस् !

धनगढीः मृत अवस्थामा फेला परेका सशस्त्र प्रहरी बल, नेपालका ४२ वर्षीय नायव उपरीक्षक (डिएसपी) उपेन्द्र बस्यालको ‘सुसाइड नोट’ भेटिएको छ। मोरङको धनपालथान गाउँपालिका–३ स्थित सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्मका प्रमुख बस्यालको ‘सुसाइड नोट’ फेला परेको हो। नोटमा बस्यालले आफूले राजीखुशी प्राण त्याग्ने निर्णय गरेको बताएका छन्। आफ्नो काम सही र दुरुस्तपूर्वक गर्न नसकेको उल्लेख गर्दै उनले अन्जानमा संगठनमाथि आँच आउने कार्य भएको गुनासो गरेका छन्।

लेखेका छन्,‘फागुन २१ गते म उपेन्द्र बस्याल होसहवासमा आफ्नो प्राण त्याग गर्दैछु। कारण म मेरो कार्यक्षेत्रमा सही दुरुस्त हुन सकिन। आफू आफैंले कुनै काम गरी देखाउने चक्करमा म आफैंले सही छु। समय नै दिनुपर्नेमा आफैंले केही गर्न सकिन्छ कि भनेर त्यो नक्कलीलाई फकाउँदाफकाउँदै ऊ आफैं अपराधी रहेछ। पहिले म त त्यसलाई सम्बन्धित स्थानमा पुर्याउने काम गर्छु भनेकोले त्यसले अपराधी भै मलाई स्वयं कानुनी अप्ठेरोमा पार्ने खतरा पो भयो।’

आफ्नो क्रियाकलापले संगठनमाथि आँच आएकाले बाँच्नुको अर्थ नभएको उनले उल्लेख गरेका छन्। उनले भनेका छन्,‘म अन्जानमा बदनियतपूर्वक यस पवित्र संगठनलाई आँच आउन दिन खोजेको होइन। तर,म अहिलेसम्म कुनै पनि अपराधिक क्रियाकलापमा नपरेको हुँदा संगठनलाई आँच आउने कुरा भयो भने त बाँच्नुको अर्थ छैन। सरी चिफ साब,सरी फ्रेण्डस्।’

साथै,उनले श्रीमतीसँग माफी पनि मागेका छन्। जीवनमा खुशी दिन नसकेको दुःखेसो पोख्दै छोराको ख्याल राख्न भनेका छन्। पार्थिव शरीर पाल्पाको राम्दीस्थित हजुरआमा जलाएको ठाउँमा पठाइदिन र छानबिनका नाममा सहकर्मीहरुलाई दुःख नदिन नोटमा अनुरोध गरिएको छ। बस्याल गत सोमबार कार्यालय परिसरको स्टोर कोठाको सिलिङ्गमा झुण्डिएको अवस्थामा फेला परेका थिए।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।