धनकुटा महालक्ष्मीका तामाङ सहित ८ जना पक्राउ

बिराटनगर, बैशाख १९ गते । झापा र सुनसरी जिल्लाको छुट्टा छुट्टै स्थानहरुबाट लागूऔषध ब्राउनसगुर सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मंगलबार दिउँसो कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्रदेशिक अनुसन्धान समुह र जिल्ला प्रहरी कार्यालय सुनसरी तथा मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले सुनसरी जिल्ला बिभिन्न स्थानहरुबाट लागुऔषध ब्राउन सुगर सहित ६ जनालाई पक्राउ गरेको छ ।

लागुऔषध सहित पक्राउ परेका ईटहरी-९ का २४ बर्षीय आकाश थापा, धनकुटा महालक्ष्मी नगरपालिका-९ का २४ बर्षीय बिकाश तामाङ, धरान-१४ का ३२ बर्षीय अविजल थापा, धरान-१५ का २१ बर्षीय मोहन राई, धरान-५ का २२ बर्षीय अनक राई र भोजपुरका २२ बर्षीय बिशन राई समेतलाई १८ ग्राम ३४० मिलिग्राम ब्राउन सुगर र २ वटा मोटरसाईकल, १ वटा स्कुटर सहित नियन्त्रणमा लिएको हो ।

त्यसैगरी झापाको अर्जुनधारा नगरपालिका-८ का ३९ बर्षीय सरोज गहदराजलाई १ ग्राम ३६० मिलिग्राम ब्राउन सुगर सहित प्रहरी चौकी शनिश्चरेले र मेचिनगर-१५ का २६ बर्षीय पर्वत राजबंशीलाई ३४० मिलिग्राम ब्राउनसुगर सहित प्रहरी चौकी ज्यामिरगढीले पक्राउ गरेको छ ।
लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धीत प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖