समाजमा शान्ति सुरक्षा कायम राख्न प्रहरीले समुदायसँग मिलेर अगाडि बढ्नु पर्ने : प्रदेश प्रहरी प्रमुख खापुङ

ओखलढुंगा, बैशाख ३१ गते । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्रकुवेर खापुङले जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको निरीक्षण भ्रमणको क्रममा कार्यरत प्रहरी कर्मचारीहरुलाई समाजमा शान्ति सुरक्षा कायम राख्न प्रहरीले समुदायसँग मिलेर अगाडि बढ्नु पर्ने निर्देशन दिनु भएको छ ।

आज बिहान भएको निरीक्षण कार्यक्रममा वहाँले कार्यालय भवन, सम्पुर्ण शाखाहरु, मेस, क्यान्टिन लगायत हिरासत कक्षको समेत निरीक्षण गर्नु भएको छ भने प्रहरीले गरेका उत्कृष्ट कार्यको प्रशंसा तथा कमि कमजोरीलाई सुधार गर्न समेत निर्देशन दिनु भएको छ ।

निरीक्षण पश्चात कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशनको क्रममा वहाँले भौगोलिक विकटता भएको पहाडी जिल्ला ओखलढुंगामा रहेका आम नागरिकहरुमा उत्कृष्ट प्रहरी सेवाप्रवाह गर्न र आफूलाई दिइएको जिम्मेवारी एवं लक्ष्य प्राप्तिका लागि ऐक्यबद्ध भई शान्ति सुरक्षामा आउने समस्या र चुनौतीको सामना गर्न आवश्यक कार्ययोजना बनाई अन्य सरोकारवाला निकायसँग समन्वय र सहकार्य गर्दै प्रहरी काम कारवाही अगाडि बढाउन निर्देशन दिनु भयो ।

निरीक्षण भ्रमणकै क्रममा वहाँले जिल्लाका स्थनिय जनप्रतिनिधिहरु, स्थानीय सरोकारवाला निकायका प्रमुख एवं प्रतिनिधि, पूर्व प्रहरी कर्मचारीहरु, संचारकर्मी तथा स्थानिय भद्रभलाद्मीहरुसंग शान्ति सुरक्षाको बारेमा अन्तरक्रिया तथा छलफल गर्नुका साथै समाजमा जनचेतनाको कमिबाट हुने आपराधिक घटना तथा कानुन बिपरितका कार्यहरुलाई निरुत्साहित गर्ने कार्यमा सवैको साथ र सहयोग आवश्यक रहेको बताउदै विद्युतीय अपराधका घटनाहरू दिनानुदिन वृद्धि भइरहेकाले घटना भएर प्रहरीमा पुग्नु भन्दा यसबाट जोगिन नागरिक आफै सचेत रहन आग्रह समेत गर्नु भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।