सुनजस्तो पहेँलो धातु देखाई सुन ठगी गर्ने उर्लाबारीका शर्मा पक्राउ

झापा । झापामा सुनजस्तो पहेँलो धातु देखाई सुन ठगी गर्ने एक युवक पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले मोरङ उर्लाबारीका ३० वर्षीय सञ्चित शर्मालाई पक्राउ गरेको हो ।

शर्माले दमकको हाटबजार क्षेत्रमा ज्येष्ठ नागरिक र महिलाहरूलाई पहेँलो धातु देखाएर सुनका गरगहना सट्टापट्टा गरेका थिए । सोही उजुरीका आधारमा प्रहरीले उनलाई दमक नगरपालिका ६ बाट ५६.३१० ग्राम पहेँलो धातुसहित पक्राउ गरेको हो ।

शर्मालाई झापा जिल्ला अदालतबाट ठगी कसुरमा म्याद थपका लागि कानुनी प्रक्रिया प्रारम्भ गर्नुका साथै थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।