विराटनगरमा पौडी खेल्ने क्रममा पानीमा डुवेर एक बालकको मृत्यु
मोरङ, जेष्ठ ६ गते । मोरङको बिराटनगर महानगरपालिका-१८ स्थितमा पौडी खेल्ने क्रममा १ जना बालकको डुवेर मृत्यु भएको छ ।
हिजो दिउँसो बिराटनगर-१८ का छोटेलाल शर्माको १४ बर्षीय छोरा राज शर्मा करिव १५/२० फुट गहिरो पानी जमेको खाडलमा पौडी खेल्ने क्रममा डुबी मृत्यु भएको हो ।
मृतक लाशलाई प्रहरी र स्थानियबासीको सहयोगमा पानीबाट बाहिर निकाली पोष्टमार्टमको लागि कोशी अस्पताल बिराटनगर पठाईएको छ भने घटना सम्वन्धमा इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।


