कृषि तथा पशुधन हुने मन्त्रीमा राजेन्द्र कुमार राई मात्र,कृषि मन्त्रीको समेत छैन पशुधन
धनकुटा,८ जेठ । खानेपानी मन्त्री राजेन्द्रकुमार राईले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा बुझाएको विवरण अनुसार कृषि तथा पशुधन हुने मन्त्रीमा राई मात्र रहेका छन् । मन्त्री राईको सम्पत्ति विवरणमा ७ वटा गाई र ६३ वटा बाख्रा रहेको विवरण सार्वजनिक गरिएको हो ।
२१ जना मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गर्दा मन्त्री राईको मात्र पशुधन भएको विवरण रहेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी शाहको समेत कृषि तथा पशुधन नभएको विवरण सार्वजनिक भएको छ ।
