विराटनगर महानगरद्वारा तथ्यांक संकलनमा खटिएका गणकहरू सम्मानित

विराटनगर । विराटनगर महानगरपालिका क्षेत्रभित्र १ हजार १ सय ७ जना अपाङ्गता भएका व्यक्ति थप भएका छन् ।

करुणा फाउण्डेशनसँगको सहकार्यमा विराटनगर महानगरले अपाङ्गता भएका व्यक्तिको तथ्यांक संकलनका लागि ‘रिचिङ टु मिसिङ’ अभियान सञ्चालन गरेको थियो । अभियानका क्रममा १ हजार १ सय ७ जना अपाङ्गता भएका व्यक्तिहरू थप भएका हुन् । यसअघि १ हजार ६ सय १३ जना अपाङ्गता भएका व्यक्तिहरू महानगर क्षेत्रभित्र रहेको तथ्यांकमा उल्लेख थियो । अभियानपछि महानगर क्षेत्रभित्र अपाङ्गता भएका व्यक्तिहरूको संख्या २ हजार ७ सय २० जना पुगेको छ ।

सोमबार महानगरका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीसहित वडाध्यक्ष कुमार पोखरेल, अर्जुन गिरी, तीर्थेन्द्र नेउपानेको उपस्थितिमा अपाङ्गता रोकथाम तथा पुनस्र्थापना कार्यक्रमको रिचिङ टु मिसिङ २०८०÷०८१ को प्रगति विवरण प्रस्तुतीकरणका क्रममा तथ्यांक सार्वजनिक गरिएको थियो । महानगरले १९ वटै वडामा स्वयमसेविकाहरू परिचालन गरेर गत चैत ४ देखि जेठ ५ गतेसम्म तथ्यांक संकलन अभियान गरेको अपाङ्ग
रोकथाम कार्यक्रमकी सम्पर्क व्यक्ति मीना अधिकाारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार महानगरले १९ वटै वडामा जनता बहुमुखी क्याम्पस, कोशी हेल्थ एण्ड साइन्स क्याम्पस, मोर्डन एरा स्कुल र गोल्डेन मल्टी टेक्निकल कलेजका विद्यार्थी र स्वास्थ्य स्वयंसेविकाहरू परिचालन गरिएको थियो । नयाँ थप भएका मध्ये सबैभन्दा बढी वडा नम्बर १२ मा फेला परेका छन् । वडा नम्बर १२ मा १४८ जना र सबैभन्दा कम वडा नम्बर ७ मा १९ जना अपाङ्गता भएका व्यक्ति फेला परेका छन् । नयाँ पत्ता लागेका अपाङ्गतामध्ये २ सय ८१ जनाले अपाङ्गतासम्बन्धी कार्ड प्राप्त गरिसकेका छन् ।

कार्यक्रममा मेयर कोइराला, उपमेयर कार्कीले महानगरअन्तर्गतका सबै भवनहरूलाई अपाङ्गता बनाउने योजना सुनाउनुभयो । अब नयाँ बन्ने सबै भौतिक संरचनालाई अपाङ्मैत्री बनाउनुपर्नेमा उहाँहरूले जोड दिनुभयो । महानगरले अपाङ्गताका क्षेत्रलाई प्राथमिकतामा राखेर कार्य गरिरहेको सुनाउनुभयो । करुणा फाउण्डेशनका निर्देशक योगेन्द्र गिरीले अपाङ्गताका क्षेत्रमा विराटनगर महानगरपालिकाले अत्यन्तै राम्रो कार्य गरेको बताउनुभयो । सो क्रममा तथ्यांक संकलनका लागि खटिएका क्याम्पस र स्वयमसेविकाहरूलाई सम्मानसमेत गरिएको थियो ।

महानगरका मेयर नागेश कोइरालाले खादा लगाएर सम्मानपत्र प्रदान गर्नुभएको थियो । तथ्यांक संकलन गर्न १ सय २० जना गणकहरू खटिएको स्वास्थ्य महाशाखाका संयोजक डा. दिलीप यादवले जानकारी दिनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।