हजुरआमा हजुरबुबाको सम्वन्ध प्रगाढ बनाउन भक्तपुरमा मनाइयो ग्रायण्ड प्यारेन्स् डे

भक्तपुर, असार ६ । हिजो जति हजुरआमा हजुरबुबा र नातिनातिनावीचको सम्वन्ध प्रगाढ थियो आज त्यति छैन । सगोलमा भन्दा छुटिएर वस्न मन पराएको नेपाली परम्पराले हजुरआमा हजुरबुबावीचको सम्वन्ध चाहेर पनि एकै परिवारमा हुन सकिरहेको छैन कतिपय परिवारहरुमा । हजुरआमा हजुरबुबाबीचको यही सम्वन्ध विच्छेडलाई थोरै मात्रै भए पनि नजिक ल्याउन सकून भन्ने उद्देश्यले भक्तपुरको एउटा स्कुलले हजुरआमा हजुरबुबाको सम्मानमा विहीबार भक्तपुरमा ग्रायण्ड प्यारेन्स डे सेलिव्रेसन (हजुरआमा हजुरबुबा दिवस २०८१) मनाएको छ ।

हजुरआमा हजुरबुबाबीचको प्रगाढ सम्वन्ध पहिलो जति चल्थ्यो, अहिले त्यो अनेक कारणले असाध्यै कम हुन थालेको हो, आयोजक एभरेस्ट स्कुल भक्तपुरका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले भने, यो खाडललाई थोरै मात्रै पुर्न सकून् भन्ने उद्देश्य हाम्रो हो । 

कार्यक्रममा स्कुलमा प्ले ग्रुप र नर्सरीमा रहेका विद्यार्थी र तिनका हजुरआमा हजुरबुबालाई सहभागी गराइएको थियो । हजुरआमा हजुरबुबा नभएका वा आउन नभ्याउने बच्चाहरुलाई दुःखको अनुभब नहोस् भनेर त्यस्तो अवस्थाका बिद्यार्थीहरुका लागि आमाबुबालाई भए पनि आउन आग्रह गरिएको थियो । साथै हजुरआमा हजुरबुबा आमाबुबा कोही पनि आउन नभ्याउने नानीबाबुहरुका लागि स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारी, प्रिन्सिपल कमलादेवी राजभण्डारी, भाइस प्रिन्सिपल संगीता किवाछें बनेपालीलगायतले अभिभावकत्व ग्रहण गरेका थिए । 

कार्यक्रममा नानीबाबुहरु र हजुरआमा हजुरबुबाहरुलाई सँंगै राखेर माया साटासाट गर्न दिइएको थियो । साथै बालबालिकाहरुले गीत, नृत्य, नाटक देखाएर हजुरआमा हजुरबुबाहरुलाई रमाउन दिएका थिए । साथै हजुरआमा हजुरबुबाहरुले कथा, अनुभब सुनाएका थिए । साथसाथै नानीबाबुहरुले आआफना हजुरआमा हजुरबुबाहरुलाई मायास्वरुप प्रदान गरी यसअघि नै बनाएको ग्रेडिंग कार्ड हस्तान्तरण गर्न लगाइएको थियो । साथसाथै हजुरआमा हजुरबुबालाई संगसँंगै राखेर चियापार्टी पनि गर्न लगाइएको थियो । 

कार्यक्रममा एक जना नानीबाबुका घटीमा एकजनादेखि वढीमा चार जनासम्म अभिभावक –हजुरआमा, हजुरबुबा, बुबा, आमा) सहभागी भएको स्कुलका प्रिस्कुल कोअर्डिनेटर प्रेमशिला प्रधानले बताइन् । उनले प्रत्येक वर्ष यस्ता कार्यक्रमहरुलाई स्कुलले निरन्तरता दिंदै आएको जानकारी गराइन् ।  
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖