संखुवासभामा मोटरसाइकल र टिपर ठोक्किंदा मोटरसाइकल चालकको मृत्यु

संखुवासभा । संखुवासभामा मोटरसाइकल र टिपर एकापासमा ठोकिइ दुर्घटना हुंदा १ जनाको मृत्यु भएको छ ।

जिल्लाको चैनपुर नगरपालिका-८ वानेश्वर स्थित भ्यू होटल नजिक चैनपुरबाट खराङतर्फ जाँदै गरेको प्रदेश १-०२-००१ ख ८२४९ नम्बरको टिपर र को १५ प ९८३१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक चैनपुर नगरपालिका वडा नम्बर-७ बस्ने अन्दाजी बर्ष ४९ को पदम श्रेष्ठ गम्भीर घाईते भई चैनपुर आधारभुत अस्पतालमा पुर्‍याइएकोमा चिकित्सकद्वारा उपचारको क्रममा मृत घोषणा गरेको हो ।

घटनामा संलग्न टिपर चालक चैनपुर नगरपालिका वडा नम्बर-१० खराङ बस्ने अन्दाजी बर्ष ३३ को कमानसिंह तामाङ तथा सवारी साधन इलाक प्रहरी कार्यालय चैनपुर संखुवासभाको नियन्त्रणमा रहेको छ ।

घटनाको सम्बन्धमा थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖