दशरथचन्द नगरपालिकाले गाडी मर्मत र इन्धनमै सक्यो आधा करोड, एउटालाई दिनुपर्ने भुक्तानीमा आर्कैको बिजक

धनगढी । बैतडीको दशरथचन्द नगरपालिकाले इन्धन र गाडी मर्मतका नाममा आधा करोडभन्दा बढी खर्च गरेको पाइएको छ।

नगरपालिकाले इन्धन र गाडी मर्मतको नाममा मनलाग्दी खर्च गरेको पाइएको हो। सवारीसाधन मर्मत र इन्धन वितरण मापदण्ड बनाएर गर्नुपर्ने भए पनि नगरपालिकाले त्यसो नगरेको पाइएको छ। 

मापदण्ड बिनै मनलाग्दी रुपमा ५२ लाख ३२ हजार रुपैयाँ खर्च गरेको पाइएपछि नगरपालिकाको चर्को आलोचना भइरहेको छ।

सरकारी सवारीसाधन सरकारी काममा मात्र प्रयोग गर्नुपर्ने, सरकारी सवारीसाधन अनाधिकृत व्यक्तिले प्रयोग नगर्ने व्यवस्था हुँदाहुँदै पनि दशरथचन्द नगरपालिकामा भने सवारीमर्मत र इन्धन वितरणमा मनपरी भइरहेको फेला परेको छ। सार्वजनिक खर्चमा मितव्ययिता र प्रभावकारीता कायम गर्ने सम्बन्धि नीतिगत मार्गदर्शन २०७५ विपरीत सो नगरपालिकाले इन्धनमा मात्र ३० लाख ८२ हजार ९६ रुपैयाँ खर्च गरेको छ।

इन्धन खर्चमा नगरपालिकाले कुनै मापदण्ड समेत बनाएको छैन। त्यस्तै आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ बमोजिम सरकारी जिन्सी मालसामान हानिनोक्सानी नहुने गरी संरक्षण गर्ने र चालू अवस्थामा राख्ने उत्तरदायित्व सम्वन्धित कार्यालय प्रमुखको हुने व्यवस्था छ। नगरपालिकाले भने महालेखा परीक्षकको फाइल नम्बर ४४५ तयार नगरेरै सवारीमर्मतको नाममा २१ लाख ५० हजार रुपैयाँ खर्चेको हो।

यस्तै नगरपालिकाले अर्को चरम लापरबाही गरेको पनि पाइएको छ। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ को ३९ (१०) मा सरकारी रकमको खर्च लेख्नु अघि त्यस्तो रकम खर्च गर्न वा भुक्तानी दिन आवश्यक बिल भरपाइ र कागजात संलग्न भए/नभएको तथा संलग्न कागजात अनुसार भुक्तानी दिन रीत पुगे/नपुगेको जाँच गर्नुपर्ने हुन्छ।

तर, नगरपालिकाले इन्धन खरिदको भुक्तानी गर्दा एउटा सप्लायर्सको बियक राखेर अर्कै सप्लायर्सलाई भुक्तानी दिएको छ।  २०७९ चैत २ मा काटिएको १६६ भौचर नम्बरको बिलमा भुक्तानी गर्नुपर्ने महादेव जनरल स्टोरलाई भए पनि हरि आयल स्टोरको बिजक नम्बर एचवएस-छज्ञणड-७९/८० राखेको पाइएको छ। उक्त बिजकमा ५ लाख ८७ हजार ४०० को बिल काटिएको छ।

यसरी नगरपालिकाले चरम आर्थिक चलखेल गरेको र भ्रष्टारको गन्ध आइरहेको स्थानीय बताउँछन्।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖