कोशीमा जेठ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित

बिराटनगर, असार १० गते । कोशी प्रदेश प्रहरी कार्यालय बिरानगरले इलाका प्रहरी कार्यालय इटहरी, सुनसरीका प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्की र कोशी प्रदेश प्रहरी कार्यालय बिराटनर प्रादेशिक अनुसन्धान समुह (PIT) मा कार्यरत प्रहरी निरीक्षक बिबिन्द्र नेम्वाङलाई जेष्ठ महिनाको सर्वोत्कृष्ट प्रहरी (BEST POLICE OF THE MONTH) घोषित गरेको छ ।

विभागीय मूल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी उच्च मनोवल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले सुनसरीको ईटहरी उप-महानगरपालिका-७ का राम कुमार पंडितलाई सोही स्थानका उमेश चौधरीले धारिलो हतियार प्रहार गरी वीभत्स हत्या गरी फरार भएको घटनाको प्रतिवादी तथा इटहरी उप-महानगरपालिका-१२ कि महिलालाई जवरजस्ती करणी गरी फरार भएको घटनाको प्रतिवादीलाई पक्राउ गर्न सफल भएको थियो ।

साथै लागू औषध कारोवार तथा चोरीका घट्नाहरुमा संलग्न व्यक्तिहरुलाई पक्राउ गरी कानूनी दायरामा ल्याउन सफल भएको र प्रहरी निरीक्षक बबिन्द्र नेम्वाङले बिर्तामोड नगरपालिका-४ झापा की ६७ बर्षीया विष्णु कुमारी बिष्टलाई धारिलो हतियार प्रहार गरी हत्या तथा लुटपाट गरी फरार भएको घटनाको अनुसन्धानको क्रममा बिर्तामोड-४ का २१ बर्षीय गंगा प्रसाद राजवंशी सहित ६ जना व्यक्तिहरुलाई पक्राउ गर्न सफल भएको हुँदा उनिहरुले गरेको कार्यको उच्च मूल्याङ्कन गर्दै २०८१ साल जेठ “महिनाको सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषणा गरिएको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।