मोरङको रतुवामाइमा पानीमा डुबेर बालकको मृत्यु
मोरङ, असार १३ गते । मोरङको रतुवामाइ नगरपालिका-५ मल्दैया टोलका नुर मोहमदका २ बर्षीय छोरा मोहमद मुसाको खेतमा जमेको पानीमा डुबेर मृत्यु भएको छ ।
हिजो साँझ आफ्नै घर नजिकै रहेको खेतमा खेल्ने क्रममा जमेको पानीमा डुबेर उनको मृत्यु भएको हो ।
घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय सिजुवाबाट थप अनुसन्धान कार्य भईरहेको छ ।


