धरानबाट लागुऔषध सहित दुई जना पक्राउ

विराटनगर, असार १३ गते । सुनसरीको धरान उप-महानगरपालिका-८ बाट ठुलो परिमाणको नियन्त्रित औषधी सहित २ जना साथै मोरङ र झापा जिल्लाबाट २ जना ब्राउनसुगर सहित पक्राउ परेका छन ।

हिजो साँझ सुनसरीको धरान-८ स्थित अस्थायी प्रहरी चौकी तीनकुनेबाट खटिएको प्रहरी टोलीले को. १ ख ४७४७ नम्बरको बस भित्र लुकाई छिपाई राखेको अवस्थामा नियन्त्रित औषधी ट्रामानिल ९ हजार ९०० क्याप्सुल सहित बस चालक ईटहरी-८ का २४ बर्षीय कृष्ण बहादुर बिश्वाकर्मा र सह-चालक ईटहरी-१७ का २५ बर्षीय दिनेश निरौलालाई नियन्त्रणमा लिएको हो ।

अस्थायी प्रहरी पोष्ट माइधारबाट खटिएको प्रहरी टोलीले झापाको दमक-१ घर भई शिवसताक्षी नगरपालिका-१० मा बस्दै आएका २६ बर्षीय प्रदिप तामाङको घर कोठा खानतलासी गर्दा २ ग्राम ८७ मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो ।

त्यसैगरी लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले विराटनगर-१७ बाट धरान-१५ का ३८ बर्षीय नबिन भण्डारीलाई नियन्त्रित औषधी इस्कुफ १५ बोतल र नाईट्रोसन १० चक्की सहित नियन्त्रणमा लिएको हो । लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्वन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान कार्य भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖