झापाको मेचीनगरमा हात्तीको आक्रमणबाट एक महिला घाइते
झापा । झापाको मेचीनगरमा हात्तीको आक्रमणमा परी एक महिला घाइते भएकी छन् ।
शनिबार राति मेचिनगर-१२ किँरातचोककी ५२ की भीममाया राई पसलबाट घर आउने क्रममा कालिझोडा सामुदायिक वनबाट अचानक एक वटा जंगली हात्ती बाटोमा निस्किएर उनलाई आक्रमण गरेको हो।
घाईते राईको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ। राईको बाँया खुट्टा र शरीरको विभिन्न भागमा चोट लागेको, बोल्न सक्ने र अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


