धनकुटा चोबिसेका एक जना सहित ६ जना यसकारण परे पक्राउ

विराटनगर, साउन ०६ गते । मोरङ, सुनसरी र झापाको बिभिन्न स्थानहरुबाट अबैध लागुऔषध ब्राउनसुगर र गाँजा सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

हिजो बिहान साढे ४ बजे बिशेष सुचनाको आधारमा अस्थायी प्रहरी पोष्ट बिष्णुपादुका सुनसरीबाट खटिएको प्रहरी टोलीले सुनसरीको धरान-२० भज्याङ छेउ स्थितबाट बागमती प्रदेश -०१-०२६ च ५०१९ नम्बरको कार र को २७ प ४८४७ नम्बरको मोटरसाईकलमा सवार ईटहरी उप-महानगरपालिका-१० का ४० बर्षीय राम कुमार चौधरी र ईटहरी-११ का ३६ बर्षीय मोहन कार्कीलाई १२ किलोग्राम लागुऔषध गाँजा सहित नियन्त्रणमा लिएको हो ।

यसैगरी मोरङको केराबारी-८ खदम खोलाको पुलबाट केराबारी-७ का १९ बर्षीय साजन लिम्बु, केराबारी-१ का २२ बर्षीय गोबिन राई, धनकुटा चौबिसे गाउँपालिका-५ का ३१ बर्षीय शक्ती लिम्बुलाई १ ग्राम ९२० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित लागुऔषध ओसार पसारमा प्रयोग गरको को २५ प ५९४५ नम्बरको मोटरसाईकल सहित इलाक प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिएको हो ।

यसका साथै हिजो राती १० बजे बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय बाघखोरबाट खटिएको प्रहरी टोलीले झापाको दमक नगरपालिका-३ बेलडागी शिविर का २७ बर्षिय बिक्रम राईलाई घरमा लुकाई छिपाई राखेको १ ग्राम लागुऔषध ब्राउनसुगर सहित नियन्त्रणमा लिएको हो ।

अबैध लागुऔषध सहित पक्राउ परेका सबै जनाको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।