झापाको मेचिनगरबाट ब्राउन सुगर सहित १ जना पक्राउ
झापा,साउन ६ गते । झापाको मेचिनगर नगरपालिका वडा नं. ६ स्थित पुरानो मेचीपुलबाट ब्राउन सुगर सहित १ जनालाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा झापाकै मेचीनगर नगरपालिका वडा नं.५ का १९ बर्षीय निर्दोश डाँगी रहेका छन् ।
आज दिउसो १२ बजे इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण व्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले उनलाई लागुऔषध ब्राउन सुगर ३ ग्राम ५२० मिलिग्राम सहित पक्राउ गरेको हो ।
पक्राउ परेका डाँगीको इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भईरहेको छ ।


