संखुवासभाबाट हातहतियार खरखजना मुद्दामा फरार प्रतिवादी राई पक्राउ
संखुवासभा । इलाका प्रहरी कार्यालय वाना, संखुवासभाबाट खटिएको प्रहरी टोलिले बिशेष सूचनाको आधारमा हातहतियार खरखजना मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा जिल्ला संखुवासभा पाँचखपन नगरपालिका वडा नं. ५ खमारे बस्ने वर्ष ५६ को राम बहादुर राई रहेका छन्।
जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट हातहतियार खरखजना सम्बन्धि कसुरमा मुद्दा दर्ता भई सम्मानित संखुवासभा जिल्ला अदालत चैनपुरको मिति २०७९।०३।२४ गतेको फैसला आदेशले १ बर्ष ६ महिना कैद र रु. १५,००० (पन्ध्र हजार) जरिवाना तोकिएका निज प्रतिवादी फरार हुँदै आएका थिए।
निज प्रतिवादीलाई कैद भुक्तानको लागि सम्मनित संखुवासभा जिल्ला अदालत चैनपुरको आदेशमा जिल्ला कारागार कार्यालय संखुवासभा पठाईएको छ।

