बेसहाराकी सहारा कल्पना भट्ट सम्मानित

काठमाडौं । दृष्टि पाउन्डेसनकी सञ्चालक वरिष्ठ समाजसेवी कल्पना भट्ट सम्मानित भएकी छन्। फाउन्डेसनमार्फत बेसहारा महिलालाई सहारा दिँदै आएकी भट्टलाई मंगलबार नेपाल प्रहरी श्रीमती संघले ४०औं वार्षिकोत्सवका अवरमा सम्मान गरेको हो।

भट्टले धनगढीमा फाउन्डेसनका माध्यमबाट खुला आकाशमुनि सडक जीवन व्यतीत गरिरहेका बेसहारा, शारीरिक तथा मानसिक रूपमा दुर्बल महिलाको संरक्षण गर्दै आएकी छन्। हाल फाउन्डेसनमा उनले ६४ जना महिला र १२ जना बालबालिकालाई संरक्षण गरिरहेकी छन्।

फाउन्डेसनमा ज्यान गुमाउने परिवारको पत्ता लाग्न नसकेका महिलालाई दागबत्ती दिने र काजक्रियासमेत कल्पनाले नै गर्दै आएकी छन्। मानवीय सेवामा समर्पित रहेको भन्दै संघले भट्टलाई सम्मान गरिएको जनाएको छ।

काठमाडौं बोलाएर आफूले गरेको कामको मूल्यांकन स्वरूप सम्मान गरेकोमा भट्टले खुसी व्यक्त गरेकी छन्। यो प्रेरणाले आफूलाई सेवामा समर्पित हुन थप बल मिलेको उनको भनाइ छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖