उदयपुरमा आमा र छोराको हत्यामा संलग्न रहेका १ जना पक्राउ

उदयपुर, असोज ६ गते । उदयपुरको कटारी नगरपालिका-१० स्थितमा आमा र छोराको हत्यामा संलग्न रहेका कटारी नगरपालिका-१० का ३३ बर्षीय तारा बहादुर मगरलाई प्रहरीले पक्राउ गरी सार्वजानिक गरेको छ ।

कटारी नगरपालिका-१० सोरूङछबिसे स्थित घर नजिकै कोठा भाडा लिई किराना पसल गर्दै आएकि ३७ बर्षीय निर्मला थापा र उनको ६ बर्षीय छोरा आरुष थापा भदौ २० गते सुत्ने कोठामा मृत अबस्थामा फेला परेका थिए ।

दुबै जनालाई धारिलो हतियार खुकुरीको प्रयोग गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आए संगै जिल्ला प्रहरी कार्यालय उदयपुर र कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरबाट खटिएको प्रहरी टोलीले अनुसन्धान तथा खोज तलासको क्रममा हत्यामा संलग्न रहेका खडकालाई असोज २ गते उनकै घरबाट पक्राउ गर्न सफल भएको हो ।

घटनामा संलग्न रहेका अभियुक्त तारा बहादुर मगरले दुवै जनालाई शरिरको बिभिन्न भागमा खुकुरी प्रहार गरी हत्या गरेको र मृतकले प्रयोग गर्ने मोवायल फोन सोरुङछबिसे खोलामा फालि फरार भएका थिए । प्रहरीले खोजतलासको क्रममा घटनामा प्रयोग भएको खुकुरी उनकै घरबाट बरामद गरेको थियो भने मृतकको मोवायल फोन सोरुङछबिसे खोलामा फुटेको अवस्थामा फेला पारेको थियो ।

हत्या आरोपमा पक्राउ परेका मगरको सम्मानित उदयपुर जिल्ला अदालतबाट कर्तव्य ज्यान कसूरमा म्याद थप गरी थप अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖