मोरङको सुनवर्सीबाट भन्सार छलीका अवैध सामान वरामद

मोरङ, असोज १० गते । मोरङको सुनवर्सी नगरपालिका-५ स्थितमा भन्सार छली अवैधरुपमा भारतबाट नेपाल तर्फ ल्याउदै गरेको सामानहरु प्रहरीले बरामद गरेको छ ।

असोज ९ गते इलाका प्रहरी कार्यलय रंगेलीबाट गस्तीमा खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा को.२त ६४४२ नम्वरको ट्रयाक्टरमा भन्सार छली ल्याउदै गरेको ३४० पिस मार्वल र ६४० किलोग्राम सनपाट बरामद गरेको हो । अवैध सामान वरामद भए संगै उक्त सामान र ट्याक्टर सहित चालक रंगेली-‍६ का राम नारायण सरदार समेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसै गरी सोही कार्यालयबाट खटिएको गस्ती टोलीले धनपालथान गाउँपालिका-३ बेतौना स्थितमा भारतबाट अबैध रुपमा नेपाल तर्फ ल्याउँदै गरेको करिव १ लाख ७५ हजार ६ सय रुपैंया बरावरको बिभिन्न किसिमका कस्मेटिक सामानहरु बरामद गरेको छ ।

बरामद गरिएका उक्त सामग्रीहरुलाई आवश्यक कारवाहीको लागि बिराटनगर भन्सार कार्यालयमा बुझाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖