उदयपुरका सायल राईलाई बचाउन आर्थिक सहयोगको याचना

बेलका,असोज १०। उदयपुरको बेलका नगरपालिका–६ का १४ वर्षीय बालक सायल राईलाई बचाउन आर्थिक सहयोगको याचना गरिएको छ ।

जापानीज (इन्सेप्लाईटिस) रोग तथा मतिष्क टिबीका कारण गत भदौदेखि विराटनगरमा उपचाररत विरामी बालकलाई थप उपचारको लागि उनको बुवा दिनेश राईले आर्थिक सहयोगको याचना गरेका हुन् ।

महिनौदेखि विराटनगर स्थित विराट टिचिङ हस्पिटलको भेन्टिलेटरमा उपचाररत साहेलको आर्थिक अवस्था नाजुक भएको कारण सबैसँग आर्थिक सहायताको लागि अपिल गरिएको हो ।

स्थानीय कटुञ्जे बबलाका दिनेश र निर्मला राईको साहेल एकलो छोरो हुन् भने उनी बेलका–५ जहडा स्थित बेलका वोर्डिङ स्कुल कक्षा ६ मा अध्ययनरत विद्यार्थी हुन् ।

सहयोग गर्न इच्छुक महानुभावहरुले बिरामीका ठूलोबुवा राजकुमार राईको कुमारी बैंकमा रहेको खाता नं. २०८०३०६५६५१००००१ मा सहयोग रकम जम्मा गर्न सकिने छ भने ९८६१७१६१८३ या स्थानीय समाजसेवी आकाश राईलाई ९८४०३४९२०३ मा पनि सम्पर्क गरेर सहयोग गर्न सकिने बिरामीका परिवारले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।