रेखा पौडेल र प्रीति राईको ह्याट्रिकमा माल्दिभ्सविरुद्ध नेपालको ११ गोल

काठमाडौं— रेखा पौडेल र प्रीति राईको ह्याट्रिकमा नेपालले वुमन्स साफ च्याम्पियनसिप २०२४ अन्तर्गत सोमबार माल्दिभ्सलाई ११–० ले पराजित गरेको छ। यो जितसँगै नेपाल समूह ‘बी’ को शीर्ष स्थान ओगटेको छ।

नेपालको दुई खेलबाट चार अंक भएको छ। भुटानको पनि दुई खेलबाट चारै अंक रहेको छ। नेपाल गोल अन्तरको आधारमा समूहको पहिलो रहेको हो। श्रीलंका तीन अंकमा तेस्रोमा छ। माल्दिभ्स भने शून्य अंकमा छ।

यससँगै प्रतियोगितामा माल्दिभ्सको चुनौती समाप्त भएको छ। अब नेपालले लिग चरणको आफ्नो अन्तिम खेलमा श्रीलंकाको सामना गर्नेछ। भुटान भने माल्दिभ्ससँग भिड्ने छ।

दशरथ रङ्गशालामा भएको खेलमा रेखाले पाँच गोल गरिन्। उनले ३२, ४२, ४८, ६३ र ७७ औं मिनेटमा गोल गरिन्। यस्तै, प्रीति राईले भने ६, ६५ र ८७ औं मिनेटमा सम्भव भएको थियो। अन्य तीन गोल भने सविता रानामगर, अनिता केसी र अमिशा कार्कीको नाममा रह्यो।

सविताले २९, अनिताले ६८ र अमिशाले ८८ औं मिनेटमा गोल गरे। यसै खेलबाट नेपालका लागि सजनी थोकरले डेब्यु गरेकी छिन्। यही प्रतियोगिताका लागि फ्रान्सबाट आइतबार बिहान नेपाल आइपुगेकी सावित्रा भण्डारीलाई भने मैदानमा उत्रिनु परेन।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।