विराटनगर महानगरद्वारा सडक तथा सामुदायिक कुकुरलाई रेविजविरुद्धको खोप लगाउन सुरु

विराटनगर । विराटनगर महानगरपालिकाले सडक तथा सामुदायिक कुकुरलाई रेविजविरुद्धको खोप लगाउन सुरु गरेको छ ।

महानगरले विराटनगर–१९ बाट रेबिजविरुद्धको खोप लगाउन सुरु गरेको हो । सडक तथा सामुदायिक कुकुरले मानिसलाई टोकेमा रेबिज रोग नसरोस् भन्ने उद्देश्यले महानगरका सबै वडामा खोप लगाउन सुरु गरिएको भेटनरी शाखाका अधिकृत हिरालाल यादवले जानकारी दिनुभयो ।

आर्थिक विकास समितिका संयोजक श्याम घिमिरेको उपस्थितिमा पहिलो चरणमा विराटनगर–१९ का मिलन चोक, घिनाघाट, मुसरीटोललगायतका विभिन्न स्थानमा कुकुरलाई नियन्त्रणमा लिएर रेविजविरुद्धको खोप लगाइएको थियो । वडा नम्बर १९ का अध्यक्षसमेत रहनुभएका घिमिरेले ब्यानर पढेर खोप अभियानको शुभारम्भ गर्नुभएको थियो ।

डगनेटमार्फत कुकुरलाई नियन्त्रणमा लिई प्राविधिकहरुले खोप लगाउने गरिएको यादवले बताउनुभयो । दैनिक ३० देखि ४० वटा सडक तथा सामुदायिक कुकुरलाई खोप लगाउने गरिएको छ । यादवका अनुसार १५ दिनसम्म सञ्चालन हुने खोप अभियानमा ६ सय कुकुरलाई खोप लगाउने लक्ष्य लिइएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।