जसपा नेपाल बागमती प्रदेशअन्तर्गतका तीनवटा पालिका समिति पुनर्गठन

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको बागमती प्रदेश समितिअन्तर्गतका तीनवटा पालिका समिति पुनर्गठन भएका छन् । यसरी पुनर्गठन गरिएका पालिकामा काठमाण्डौको तार्केश्वर नगरपालिका, ललितपुरको गोदावरी नगरपालिका र चितवनको इच्छाकामना गाउँपालिका रहेका छन् ।

पालिकास्तरीय भेलाको आयोजना गरी गोकुल ठकुरीको अध्यक्षतामा तार्केश्वर नगर समिति पुनर्गठन भएको छ । त्यसैगरी पालिकामा आयोजित पुनर्गठन भेलाबाट सत्यराज लाखेको अध्यक्षतामा गोदावरी नगर समिति र विशाल रानाको अध्यक्षतामा २५ सदस्यीय इच्छाकामना गाउँ समिति पुनर्गठन गरिएको छ ।

जसपा नेपालले केन्द्रीय नेताहरुलाई पालिकामा अभियन्ताको रुपमा खटाइ चार महिने संगठन निर्माण अभियान सञ्चालन गरिरहेको छ । सोहीअनुसार संगठनहरु गठन, पुनर्गठन भइरहेका छन् ।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।