एमाले इलामको अधिवेशन आज, अध्यक्षमा बराल र भट्टराई भिड्ने

इलाम । सत्तारुढ दल नेकपा एमाले इलामको १०औं जिल्ला अधिवेशन आजबाट सुरु हुँदैछ । एमाले उपाध्यक्ष गुरु बरालले आज जिल्ला अधिवेशन उद्घाटन गर्दैछन् । अधिवेशनले १ अध्यक्षसहित ५ पदाधिकारी र १२५ जनाको जिल्ला कार्यसमिति चयन गर्नेछ । अधिवेशनका लागि जिल्लाभरबाट ५८७ जना प्रतिनिधि छनोट भएका छन् ।

इलामको नयाँ अध्यक्षका लागि अधिवेशन आयोजक कमिटी अध्यक्ष गणेशप्रसाद बराल, नरेन्द्रनाथ भट्टराई र डा। देवी क्षेत्री दुलाल प्रमुख प्रतिस्पर्धी देखिएका छन् । उनीहरूले नेताहरूसँग लबिङ थालेका छन् ।उपाध्यक्षमा वर्तमान उपाध्यक्ष उदयबहादुर राई, वर्तमान सचिव उमेश गुरुङ, सचिवालय सदस्यद्वय बुद्धिप्रसाद खनाल र रमेश राईले उम्मेदवारी दिने बताएका छन् ।

सचिवमा वर्तमान उपसचिव रवीन्द्र सुवेदी र सचिवालय सदस्य प्रकाश अधिकारी आकाँक्षी छन् । चुनाव हुने अवस्था आएमा भट्टराई र बरालबीच प्रतिस्पर्धा हुने एमाले
नेताहरु बताउँछन् ।

गत वैशाखमा नै जिल्ला अधिवेशन हुने भनिएपनि इलाम-२ को संघीय उपनिर्वाचनले गर्दा अधिवेशन रोकिएको थियो । इलाम २ बाट निर्वाचित एमाले उपाध्यक्षसमेत रहेका सुवासचन्द्र नेम्वाङको निधनपछि त्यहाँ उपनिर्वाचन भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖