ओखलढुंगाको मोलुङ- ५ मा एमालेको अग्रता कायमै, तेस्रो स्थानमा रास्वपा
ओखलढुंगा । ओखलढुंगाको मोलुङ गाउँपालिका–५ मा जारी मतगणनामा नेकपा एमालेले अग्रता कायमै राखेको छ ।
तीन सय मत गणना हुँदा नेकपा एमालेका गंगाबहादुर तामाङले १ सय ५३ मतसहित अग्रता कायम राखेका हुन् ।
दोस्रो स्थानमा रहेका कांग्रेस उम्मेदवार घनश्याम दाहालले ७० मत पाएका छने भने रास्वपाका विष्णु प्रसाद पोखरेलले ५८ मतसहित तेस्रो स्थानमा छन् । यस्तै नेकपा माओवादी केन्द्रका मान बहादुर सुनुवारले ७ मत पाएका छन् ।


