माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै
काठमाडौं, मंसिर २७ । आज नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक बस्दैछ।
पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो ३ बजे बस्ने बैठकमा आसन्न केन्द्रिय समितिको बैठकको तयारीलगायत विषयमा छलफल हुने जनाइएको छ ।
बैठकमा विधान संशोधन, नेताहरूको कार्यविभाजन, स्थानीय तहको निर्वाचनको समीक्षा र समसमायिक राजनीतिबारे छलफल हुँदैछ ।
माओवादी केन्द्रले पुस ३ गते केन्द्रीय समितिको बैठक राख्ने तयारी गरेको छ ।


