नेपाली कांग्रेस धनकुटा ७ को वडा सम्मेलन सम्पन्न
धनकुटा । नेपाली काग्रेस धनकुटाको १०० दिने विशेष अभियान अन्र्तगत शनिवार धनकुटा नगरपालिकाको वडा नं. ७ को वडा सम्मेलन वडा संयन्त्र सहित विभिन्न निर्णयहरु गर्दै सम्पन्न भएको छ ।
पार्टीका जिल्ःला सभापती दिनेश राईले वडा सम्मेलनको उद्घाटन गर्दै वडाको विकास अव नया ढंगबाट संचालन गर्नु पर्नेमा जोड दिनुभयो । उहाँले नेपाली कांग्रेसले विजयी गरेका वडाहरुमा नागरिकहरुले थाहापाउने र देखिने किसिमका कामहरु हुनु पर्ने वताउनु भयो ।
पार्टीका जिल्ला उपसभापति तथा नगर संयोजक सुनिल कुमार डंगोल,जिल्ला सचिव विजय सन्तोषी राई,जिल्ला सदस्य तथा वडा नं. ७ का वडाध्यक्ष रोशेष श्रेष्ठ,लगायतले पार्टीलाई रुपान्तरण गर्दै विकासका योजनाहरु नया र नमुनाका रुपमा संचालन गर्न सहजिकरण गर्ने वताए ।
धनकुटा नगरपालिका वडा नं.७ का वडा सभापती शैलेसमान श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा उपसभाती रोशन अमात्य(कान्छा)ले स्वागत मन्तव्य राख्नु भएको थियो । कार्यक्रमको संचालन कांग्रेस वडा सचिव रुर्गेन शाक्यले गर्नु भएको थियो ।
सम्मेलनमा नेपाल महिला संघ धनकुटा वडा नं. ७ का अध्यक्ष सिता दाहाल वडा सदस्यहरु राम श्रेष्ठ, विपुलमान श्रेष्ठ,दिपनमान श्रेष्ठ,शैलेस श्रेष्ठ,शर्मिला वस्नेत लगायतले समेत वडाको विकास गर्दा वडा नागरिकहरुको आवाश्यक्ता चाहना र वडावासीहरुकै सहभागीतामा गर्नु पर्नेमा जोड दिए ।
वडा सम्मेलनले रोशेष श्रेष्ठ,केदार श्रेष्ठ,दिल कुमार राई,शैलेसमान श्रेष्ठ,शर्मिला वस्नेत,कुमार दाहाल,उर्गेन शाक्य,रोहीणी पाण्डे सदस्य रहेकोको वडा संयन्त्र गठन गर्नुका साथ वडा कार्य समितिको कोषाध्यक्षमा सिता दाहाललाई मनोनयन समेत गरेको छ ।
वडा सम्मेलन तथा वडा भेलामा वडाका विकास र वडामा पार्टीका संगठन विस्तार तथा सुदृढीकरण र १०० दिने विशेष अभियानको वारेमा व्यापक छलफल भएको वडा सचिव शाक्ले वताउनु भयो ।


