शेखर धनगढी पुग्दा कार्यकर्ताको नारा – सुदूरपश्चिमले के भन्छ, पन्ध्रौं महाधिवेशनमा शेखर कोइराला ल्या भन्छ

काठमाडौं – नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइराला अहिले सुदूरपश्चिम प्रदेशको भ्रमणमा छन्।

नेपाली कांग्रेसको चौधौं महाधिवेशनमा ४० प्रतिशत मत ल्याएर  शेरबहादुर देउवासँग सभापतिमा पराजित भएका नेता कोइराला उनै देउवाको ‘आधार क्षेत्र’ मानिने सुदूरपश्चिमको भ्रमण गरिरहेका छन्।

कोइरालाको यो भ्रमणमा सुदूरपश्चिमका कांग्रेस नेता-कार्यकर्ताले ‘अभूतपूर्व’ स्वागत गरेको देखियो। किनकि, सुदूरपश्चिमका कार्यकर्ताले कोइरालालाई पन्ध्रौं महाधिवेशनमा सभापति बन्न अनुरोध गरे।

चौधौं महाधिवेशनको पहिलो चरणको निर्वाचनमा  कोइरालाले देउवालाई ५० प्रतिशत भोट कटाउन दिएका थिएनन्। दोस्रोपटक निर्वाचन हुँदा कोइराला देउवासँग पराजित भए।

तर, कोइराला ४० प्रतिशत भोटसहित कांग्रेस राजनीतिमा ‘शक्तिशाली’ बनेर उदाए।

त्यसबेला देउवासँग पराजित भएका कोइराला अहिले पन्ध्रौं महाधिवेशनको तयारी गर्दै मैदानमा उत्रिएका छन्। कोइरालाको यो दौडधूप पन्ध्रौं महाधिवेशनमा पार्टीको सभापति बन्ने लक्ष्य नै हो।

त्यही सिलसिलामा कोइराला सुदूरपश्चिमको भ्रमणमा शुक्रबार निस्केका थिए। नेता कोइराला धनगढी पुग्दा देउवा र उनकी श्रीमती आरजुको ‘आधारभूमि’ मानिने धनगढीमा १५ किलोको माला लगाएर कांग्रेस नेता-कार्यकर्ताहरूले स्वागत गरे।

नेता कोइरालालाई धनगढीमा पन्ध्रौं महाधिवेशनमा सभापतिका लागि अग्रिम शुभकामना दिँदै नेता-कार्यकर्ताले १५ किलोको माला लगाइदिए। नेता कोइरालालाई धनगढी विमानस्थलमा बाजागाजासहित भव्य स्वागत गरिएको थियो। त्यो दृश्य आफैंमा देउवाको आधार क्षेत्रमा कोइरालाका निम्ति ‘अनपेक्षित’ थियो।   

धनगढी विमानस्थल पुग्दा कोइरालालाई देउवाको गृहजिल्ला डडेल्धुराका नेता युवराज पाण्डेसहित डडेल्धुरा कांग्रेसको तर्फबाट १५ किलोको माला लगाएको कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले बताए।

माला लगाइदिने क्रममा डडेल्धुराका कांग्रेस नेता-कार्यकर्ताले कोइरालालाई पन्ध्रौं महाधिवेशनका लागि शुभकामना दिँदै उनको पक्षमा नारा लगाएका थिए।

स्वागतका लागि धनगढी विमानस्थलमा भेला भएका पार्टी कार्यकर्ताले ‘भावी सभापति शेखर कोइराला जिन्दावाद’, ‘सुदूरपश्चिमले के भन्छ, पन्ध्रौं महाधिवेशनमा शेखर कोइराला ल्या भन्छ’, भन्दै नारा लगाएका थिए।

साथै, कोइरालाको स्वागतका लागि सुदूरपश्चिमको थारू संस्कृति झल्कने पहिरनसहित नृत्य गरिएको थियो। स्वागत गर्ने क्रममा सुदूरपश्चिमको हुड्केली नाच पनि प्रदर्शन गरिएको थियो। 

नेपाली कांग्रेसका सभापति देउवाको गृह प्रदेशमा कोइरालालाई गरिएको भव्य स्वागतले पार्टीभित्र नयाँ तरंग पैदा गराएको छ। कोइरालाको स्वागतमा बसेका सुदूरपश्चिमका एक कार्यकर्ताले यसपटक देउवा आउँदा भन्दा नेता कोइरालाको स्वागतमा सहभागिता बढी रहेको दाबी गरे।

कोइराला पुग्दा पार्टी सभापति देउवाको कार्यशैलीबाट वाक्कदिक्क भएका सुदूरपश्चिमेली नेता तथा कार्यकर्तामा निकै खुसी छाएको र पार्टीभित्र नयाँ नेतृत्व आवश्यकता रहेको नेपाली कांग्रेस बझाङ जिल्ला कार्यसमिति सदस्य महेशबहादुर मल्लले बताए।

सुदूरपश्चिमको भ्रमण सिलसिलामा नेता कोइरालाले कांग्रेसका नेता-कार्यकर्ताहरूसँग पार्टीको आन्तरिक राजनीति र भावी योजनाबारे छलफल गर्ने कार्यक्रम रहेको छ। 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।