हङकङबाट काठमाडौं आउने क्रममा जहाजभित्रै अचेत ताप्लेजुङका देउमान लिम्बु मृत घोषित

काठमाडौं । नेपाल वायुसेवा निगमको जहाजमा हङकङबाट आएका एक यात्रुलाई अस्पताल पुर्‍याएसँगै मृत घोषणा गरिएको छ ।

निगमको आरए ४०१ उडानमार्फत् हङकङबाट काठमाडौं आउने क्रममा जहाजभित्रै अचेत ताप्लेजुङका देउमान लिम्बुलाई एयरलाइन्सका कर्मचारीले आफन्तको जिम्मा लगाएको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए ।

‘उहाँ जहाजभित्र अचेत अवस्थामा भेटिएको र आफन्तहरू रिसिभ गर्न विमानस्थलमै आएको पाइएको छ,’ पौडेलले अनलाइनखबरसँग भने, ‘त्यसपछि नजिकको अस्पताल केएमसी पु¥याइएको र अस्पतालले मृत घोषणा गरेको पाइएको छ ।’

जहाजमा अचेत अवस्थामा रहेका यात्रुको अवस्था के थियो भन्न नसकिने भएकाले विमानस्थलको आकस्मिक सेवा हेर्ने केएमसी अस्पतालमा पठाइएको समेत उनले जानकारी दिए । मृतक देउमान ५३ वर्षका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।