मेयरद्वारा करोडौं अनियमितता हुन लागेको भन्दै कटहरिया नपामा पुनः तालाबन्दी 

सञ्जय मिश्रा /रौतहट,९ पुस।  विवादै विवादको घेरामा रहेको कटहरिया नगरपालिकामा मेयरद्वारा करोडौं अनियमितता गर्ने खेल सुरु भएको भन्दै जनप्रतिनिधिहरुले पुनः तालाबन्दी गरेका छन्।
 
उपमेयर रिता देवी यादवको नेतृत्वमा गएको जनप्रतिनिधिहरुले मंगलवार दिउँसो कर्मचारी लाई बाहिर निकालेर तालाबन्दी गरेको हो। जनप्रतिनिधिहरुले मेयर, प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष संगै योजना शाखा र लेखा शाखामा तालाबन्दी गरेका छन्।
 
मेयर अजयप्रकाश जैसवाल र प्रमुख प्रशासकीय अधिकृत रामजी जोशी मिलेर नगरको करोडौं रुपैयाँ अनियमितता गर्ने दाउमा रहेको भन्दै उनीहरूले तालाबन्दी गरेका छन्। मेयर जैसवालको निर्देशनमा गत मंसिर २० गते नगर कार्यपालिका बोर्डको बैठक बसेको थियो। बैठकमा नगरपालिकामा करारको कर्मचारी भर्ना र ईलाका प्रहरी कार्यालय कटहरियाको लागि आएको प्रस्तावमा सहमती हुन सकेको थिएन। बैठकमा केही वडा अध्यक्ष सहित केही कार्यपालिका सदस्यहरुले उपस्थितिमा हस्ताक्षर गरेका थिए। तर सहमती नभएपछि मेयर जैसवालकै निर्देशनमा हिजो अर्थात पुस ८ गते पुनः बैठकको लागि मौखिक सूचना गर्दै उक्त बैठक स्थगित भएको उपमेयर रिता देवी यादवले बताईन।
 
उक्त सूचना अनुसार हिजो पुस ८ गते मेयर र अधिकृत नगरपालिकामा आएनन फोन गर्दा बाहिर छु भनेर जवाफ आएको उनले बताईन्। मेयर जैसवाल र अधिकृत जोशी आज पनि नगरपालिकामा अनुपस्थित रहेका छन्। 

यसै बीच मेयर जैसवालको ईशारामा गत मंसिर २० गते भएको बैठकको निर्णय पुस्तिकामा प्रमुख प्रशासकिय अधिकृत रामजी जोशीले दर्जनौं निर्णय लेखेर कार्यपालिका सदस्यहरु संग हस्ताक्षर गराउने खेल भईरहेको उपमेयर यादवले जानकारी दिएकी छिन्।

तालाबन्दी पछी जनप्रतिनिधिहरुले सञ्चारकर्मी संग कुरा गर्दै मेयर जैसवालको घरमा बसेर अधिकृत जोशीले लेखेको निर्णयहरु सदर गराउन अहिले कार्यालय सहयोगी मार्फत कार्यपालिका सदस्यहरुको घर घरमा राती राती लागेर हस्ताक्षर गराईरहेको बताएका छन्। हस्ताक्षर गराउन मेयर जैसवालले ती कार्यपालिका सदस्यहरुलाई बिभिन्न प्रलोभन देखाई रहेको सहभागी कटहरिया ५ का वडा अध्यक्ष सर्फलाल गुप्ताले दाबी गरेका छन्।
 
कटहरिया नगरपालिकाको ९ वटै वडामा झण्डै ५० जना कर्मचारी करारमा खटिरहेका थिए। उक्त करारका कर्मचारीहरुले २० महिनासम्मको तलब पाएका छैनन् तर मेयर जैसवाल उनीहरुलाई तलब ख्वाउनुको सट्टा केहीदिन अघि बिना सरसल्लाह एकैपटक सबैलाई बर्खास्त गरी ठूलो अन्याय गरेको जनप्रतिनिधिहरुले गुनासो गरेका छन्। कर्मचारी भर्ना गर्दा आर्थिक अनियमितता गर्नको लागि उनीहरुलाई तलब दिनुको सट्टा बर्खास्त गरेको आरोप लगाएका छन्। गत मंसिर २० गतेको बैठकमा कुनै निर्णय नभएको र सोही निर्णय पुस्तिका दुरुपयोग गरी गरिएको निर्णयहरु बदर नभएसम्म तालाबन्दी यथावत रहने जनप्रतिनिधिहरुले अडान राखेका छन्।

सबै वडामा खटेका करारका कर्मचारीको तलब दिएपछि मात्र अर्को कर्मचारी भर्नाको सूचना प्रकाशन गर्नुपर्ने समेत माग गरिएको छ।  नेपाल सरकारको शाखा अधिकृत जस्तो कर्मचारी भएर पनि अधिकृत जोशी मेयर जैसवालको ईशारामा नगरको करोडौं रुपैयाँ भ्रष्टाचार गर्ने दाउमा रहेको उनीहरूले दाबी गरेका छन्।
 
उपमेयर रिता देवी यादवको नेतृत्वमा तालाबन्दी गर्ने टोलीमा कटहरिया १ का वडा अध्यक्ष भूपेन्द्र महतो,२ का वडा अध्यक्ष हरेन्द्र साह,४ का वडा अध्यक्ष चन्दन कुशवाहा,५ का सर्फलाल गुप्ता,६ का जयराम चौधरी,७ का महमद सहिद वडा सदस्य रामेश्वर यादव लगायतको सहभागिता रहेको थियो। २०७४ को स्थानीय निर्वाचनमा कटहरियामा नेपाली कांग्रेसको टिकटबाट मेयर अजय प्रकाश जैसवाल, उपमेयर रिता देवी यादव सहित वडा ५ ,७, ८ र ९ का वडा अध्यक्ष निर्वाचित भएका थिए। 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।