विराटनगरस्थित मदरल्याण्डको वक्तृत्वमा आद्रता र सर्लिन प्रथम

विराटनगर । विराटनगरस्थित मदरल्याण्ड एकेडेमीले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा आद्रता निरौला प्रथम भएकी छन् ।
सिनियर र जुनियर दुई समूहमा आयोजित प्रतियोगितामा २५ जना प्रतिस्पर्धीलाई पछि पार्दै निरौलाले प्रथम पुरस्कार जितेकी हुन् ।

विद्यार्थीभित्र लुकेर रहेको प्रतिभा उजागर गर्दै वाक क्षमता वृद्धि गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा निशा चौधरी द्वितीय, नविन यादव तृतीय र सौरभ कार्कीले सान्त्वना स्थान हासिल गरे ।

कवि एवं पत्रकार मीनकुमार नवोदित प्रमुख निर्णायक रहेको समितिले जुनियरतर्फ सर्लिन खड्कालाई प्रथम घोषणा गरेको थियो । १९ जना प्रतिस्पर्धीलाई पछि पार्दै सर्लिनले पहिलो पुरस्कार जित्न सफल भएकी हुन् । विद्यालयकी शिक्षिका जयश्री चौधरी र रंजिता घिमिरेसमेत निर्णायक रहेको समितिले प्रतियोगितामा प्राप्ति घिमिरे द्वितीय, दुविक्षा महतो तृतीय र मुन्नी यादव सान्त्वना घोषणा गरेको थियो । त्यस्तै एलिसा श्रेष्ठ, समयक पोखरेल, श्रेया कोइराला र युनिका घिमिरेलाई सम्बोधन, प्रस्तुति, विषयवस्तुको बुझाइ, तर्क, समय पालनलगायत बेग्ला–बेग्लै विधाका उत्कृष्ट पुरस्कार दिइएको थियो ।

कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका नवोदित, विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष गीता गौतम, शिक्षक बिभव लाभ, जयश्री चौधरी, रंजिता घिमिरेलगायतले विजेता विद्यार्थीहरुलाई मेडल, प्रमाणपत्रसहित पुरस्कार प्रदान गरेका थिए । कार्यक्रममा प्रमुख निर्णायक नवोदितले विद्यार्थीले पाठ्यक्रमको अध्ययनसँगै अतिरिक्त क्रियाकलापमा पनि ध्यान दिनुपर्नेमा जोड दिए । सीपमूलक र व्यवहारिक शिक्षाले मात्रै जीवनलाई सहज बनाउने उनको विचार थियो ।

उत्कृष्ट हुन सके जुनसुकै क्षेत्रबाट पनि अगाडि बढ्न सकिने नवोदितले बताए । व्यवस्थापन समितिकी अध्यक्ष गीता गौतमले अतिरिक्त क्रियाकलापले विद्यार्थीहरुमा प्रतिस्पर्धी क्षमताको विकास हुने बताइन् । उनले मोबाइल, टेलिभिजन हेर्ने समयलाई ज्ञान दिने विभिन्न पुस्तक अध्ययन गर्न आग्रह गरिन् । विद्यालयले पाठ्यक्रको अध्ययनसँगै अतिरिक्त क्रियाकलापलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको विद्यालयका प्राचार्य मोहन बुढाथोकीले जानकारी दिए ।

बेलाबेला कविता, वादविवाद, चित्रकला, वक्कृत्वकला, हिज्जे, निबन्ध प्रतियोगिताका साथै खेलकुदलगायतका अतिरिक्त क्रियाकलाप गर्दै आएको बुढाथोकीको भनाइ थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖