भोजपुरमा स्कारपियो गाडी दुर्घटना हुँदा १ जनाको मृत्यु ,८ घाईते (नामावली सहित)

भोजपुर, पुस १२ गते । भोजपुरको भोजपुर नगरपालिका-५ स्थित भित्री सडक खण्डमा प्रदेश १-०२-००२ च ६९२३ नम्बरको स्कारपियो गाडी आफै अनियन्त्रित भई सडकबाट करिव ३० मिटर तल झरी दुर्घटना १ जनाको मृत्यु ८ घाईते भएका छन ।

पुस ११ गते बिहान साढे ७ बजे बोखिमबाट ट्याम्के तर्फ जाँदै गरेको अवस्थामा उक्त स्कारपियो दुर्घटना हुँदा घाईते भएका उनिहरुलाई तत्काल जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको टोलीले उद्धार गरी उपचारको लागि जिल्ला अस्पताल भोजपुर पठाईएकोमा झापा गौरादह-७ का ६६ बर्षीय झंक बहादुर घलेको उपचारको क्रममा मृत्यु भएको थियो भने भोजपुर-५ की ३५ बर्षीय लाक्पाडिकी शेर्पा, ४१ बर्षीय रामकुमार राई, धरान-२ की ३८ बर्षीया ईहा राना सुब्बालाई थप उपचारको लागि प्रभु एयरको हेलिकप्टरद्वारा काठमाण्डौ स्थित KMC अस्पताल पठाईएको छ ।

ईलाम माङसेबुङका नबिन कुमार राई, उनको ३१ महिनाको छोरा मिगेल राई, ३३ बर्षीया मेनुका घले, भोजपुर- ५ की ४० बर्षीय जुनुका राईको नोबेल अस्पताल बिराटनगरमा उपचार भईरहेको र झापाको गौरादह नगरपालिका-७ की ५८ बर्षीया देबीकला घले उपचार पश्चात डिस्चार्ज भएकी छन् ।

गाडी चालक धरान-८ का ४० बर्षीय सुदिप लिम्बुलाई जिल्ला प्रहरी कार्यालय भोजपुरले नियन्त्रणमा लिई थप अनुसन्धान तथा कानुनि कारवाही भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।