एकैदिन ३३ फरार प्रतिवादी पक्राउ

सञ्जय मिश्रा /रौतहट । रौतहट स्थित प्रहरीले एकैदिनमा ३२ जना फरार प्रतिवादी लाई पक्राउ गरेको छ भने लाखौं मुख्य बराबरको अबैध भारतीय सामान बरामद गरेको छ।

 

फैसला कार्वान्यन अन्तर्गत जिल्ला अदालत रौतहटबाट दण्ड जरिबाना रोकिएर लामोसमय देखि फरार रहेका ३२ जना प्रतिवादी लाई मंगलवार एकैदिनमा प्रहरीले पक्राउ गरेको हो।

सवारी ज्यान मुद्दाका ८ जना, चेक अनादर मुद्दामा ६ जना केही अभद्रव्यवहारका ६ जना, बोक्सीको आरोपमा दुर्व्यवहार गर्ने ४ जना, कुटपिटमा ३ जना , गाली बेईजतिमा ३ जना, लेनदेन बिगोमा १ जना र नापतौल कसुरका आरोपी १ जना गरी ३२ जना फरार प्रतिवादी पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायले बताएका छन्।

पक्राउ परेका सबैजना लाई फैसला कार्वान्यनको लागी जिल्ला अदालत रौतहटमा मंगलवार उपस्थित गराईएको प्रवक्ता रायले जानकारी दिएका छन्। उनीहरू नाट जरिबाना स्वरूप करीब ६५ हजार रुपैयाँ र ६ महिना कैद असुल गरिनुपर्ने देखिएको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ।

त्यसैगरी जिल्ला प्रहरी कार्यालय गौर तथा मातहतको युनिटका गस्ती टोलीले १ थान ई रिक्सा चालक सहित लाखौं मूल्य बराबरको बिभिन्न किसिमका अबैध भारतीय सामान बरामद गरेको छ। भारतीय बजारबाट ४ लाख १८ हजार १४० रुपैयाँ बराबरको अबैध रुपमा ल्याउँदै गरेको चीनी, मैदा, जुत्ता चपल, युरिया मल, सहित मधेश प्रदेश ३००१ ह नम्बरको ई रिक्सा, र चालक बिधिचन सहनी लाई पक्राउ गरी आवश्यक कारवाहीको लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाईएको प्रहरीको सूचनामा उल्लेख गरिएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी दिलीप घिमिरेको निर्देशनमा जिल्लामा फरार प्रतिवादी पक्राउ अभियान चलाउनुका साथै तस्करी नियन्त्रणमा कडाई गरिएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।