इ रिक्सावालले यात्रु बाेक्न छाडेर बोक्न थाले काँचा दाउरा

राैतहट,१९ पुस । जाडो बढेसँगै रौतहटको जङ्गलमा काँचा सालका लास र काट्नेको लर्को लाग्न थालेको छ ।

 

वन कर्मचारीले नियमित रूपमा बन गस्ती नगरेका कारण पछिल्लो समय रौतहटको वनबाट काटिने क्रम तीब्र रुपमा बढेको छ । 

पछिल्लो समय यात्रु बोक्ने ई-रिक्सा र साइकलमा काँचा लाचरा काटेर लानेहरूको संख्या बढ्दै जान थालेको छ । चाँदी खोला पूर्वको रेलवे ड्याममा दैनिक सयौं साइकल र रिक्सा काचा दाउरा काट्दै गरेको देख्न सकिन्छ ।

 

जिल्लाको दक्षिणी भेगबाट साइकल ई रिक्सामा आउने सर्वसाधारणले रेलवे ड्याममा साइकल र इ रिक्सा राखेर जङ्गलभित्र छिरी काँचा लाथ्रा काटेर लाने गरेको स्थानीय बासिन्दाले बताएका छन् ।

 

पछिल्लो समय यात्रु बोक्नुपर्ने रिक्साहरू धेरै कमाई हुने लोभमा जङ्गल छिरेर काठ दाउरा ल्याएर बिक्री वितरण गर्दै आएका छन् । एक रिक्सा दाउरा पछिल्लो समय चन्द्रनिगाहपुरको बजारमा ३५०० देखि ४००० सम्ममा बिक्री हुने भए पछि यात्रु बोक्न छोडेर रिक्साहरु काँचाँ दाउरा बोक्न थालेका हुन् ।

 

रिक्सा र साइकल वालाका कारण पछिल्लो समय जिल्लाको विभिन्न स्थानको राष्ट्रिय वनमा व्यापक रूपमा हानि नोक्सानी भइरहेको स्थानीय बासिन्दाले बताएका छन् । डिभिजन वन कार्यालय रौतहटका सहायक वन अधिकृत राजेश शाहले डिभिजन वन कार्यालयका कर्मचारीको आँखा छलेर रिक्सा र साइकलमा दाउरा लगेको हुन सक्ने बताएका छन् ।

 

दाउरा सहित फेला परेका रिक्साहरूलाई वन कर्मचारीले जरिवना गरेर छाड्ने गरेको शाहले बताए ।  जाडो याम सुरु हुना साथ साइकल र रिक्सामा वनमा प्रवेश गर्नेहरूले काँचा सालका लाथ्राहरु काटिएर लाने गरेका कारण वनमा हानि नोक्सानी बढ्दै गएको भन्दै स्थानीय बासिन्दाले चिन्ता जाहेर गरेका छन् ।

 

विगत लामो समयदेखि वन कर्मचारीहरूले नियमित रूपमा वन गस्ती गर्न छाडेर दिनभर डिभिजन वन कार्यालयमै बस्ने गरेका कारण जिल्लाको वनमा हानि नोक्सानी बढेको स्थानीयले आरोप लगाउँदै आएका छन् । डिभिजन वन कार्यालय रौतहटले भने नियमित रूपमा गस्तीमा सहभागी नहुने वन कर्मचारीहरूको सरुवा गर्नेदेखि उनीहरुलाई नसियत दिने काम समेत भइरहेको दाबी गर्दै आएको छ । रौतहटको वनमा स्थानीय वन कर्मचारीकै कारण हानि नोक्सानी बढेको भन्दै वन कर्मचारीको आलोचना हुँदै आएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।