कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी विशेष सुरक्षा गण दुहवीको निरीक्षण

सुनसरी,पुष १९ गते । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीले पुस १९ गते नेपाल प्रहरी विशेष सुरक्षा गण दुहवी सुनसरीको निरीक्षण भ्रमण गर्नु भएको छ ।

निरीक्षण भ्रमणको क्रममा वहाँले कार्यालय भवन, सम्पुर्ण शाखाहरुको निरीक्षण गर्नुका साथै भिड नियन्त्रणका विभिन्न डेमो प्रदर्शनीहरुको अवलोकन समेत गर्नु भएको थियो ।

निरीक्षण अवलोकन पश्चात कार्यरत प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशनको क्रममा वहाँले प्रहरी कर्मचारीहरुले सैद्धान्तिक र व्यावहारिक रुपमा हासिल गरेका ज्ञान र सिपलाई समय सापेक्ष कर्तव्य निष्ठ भई उच्च मनोवलका साथ व्यावसायिक तवरबाट कार्य सम्पादन गर्न तथा अनुशासित र चेनअफ कमाण्ड अनुसार सांगठानिक नीति र निर्देशनको पालना गरी आफ्नो पदिय दायित्व अनुसार सुम्पिएको जिम्मेवारी बहन गर्न निर्देशन दिनु भयो ।

निर्देशनकै क्रममा वहाँले प्रहरी जनताको जिउ धनको सुरक्षाको निम्ति खटिने संगठन भएकोले जुनसुकै बेला हुन सक्ने सम्भावित खतरा, विपद, हुलदंगा लगायत सुरक्षाका चुनौतीहरुमा परिचालन हुनको निम्ति शारिरिक तथा मानसिक रुपमा तयारी अवस्थामा रहन निर्देशन दिनु भयो ।

वहाँले सुरक्षाकर्मी स्वस्थ्य र सुरक्षित भए मात्र आम नागरिकलाई सुरक्षाको प्रत्याभुति दिलाउन सकिने भएको हुँदा आफु स्वस्थ्य र सुरक्षित रही जस्तो सुकै विसम परिस्थितमा पनि सम्यम्ता अपनाई सजक र कौशलयुक्त तर्तिबहरु अबलम्बन गरी समाजमा शान्ति सुरक्षा कायम राख्न निर्देशन दिनु भयो । निरीक्षण भ्रमणको क्रममा नेपाल प्रहरी विशेष सुरक्षा गण दुहवीका प्रमुख प्रहरी उपरीक्षक वासुदेव खतिवडाले गणको समग्र जनशक्ति व्यवस्थापन तथा भावि कार्य योजना अपेक्षा सहितको प्रस्तुतिकरण गर्नु भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।