सरकारलाई प्रभावकारी बनाउन कांग्रेसको संयन्त्र कमजोर देखियो : नैनसिंह महर

पोखरा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले नेकपा एमालेसँगको गठबन्धन सरकार सञ्चालनका लागि पार्टीबाट बनेको संयन्त्रले पर्दा पछाडिबाट प्रभावकारी काम गर्न नसकेको बताएका छन्। नेपाल मुस्लिम संघको दोस्रो गण्डकी प्रदेश अधिवेशनलाई आज पोखरामा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै नेता महरले उक्त कुरा बताएका हुन्। 

कांग्रेसको सरकार सञ्चालनका लागि बनेको संयन्त्रले पर्दा पछाडि प्रभावकारी काम गर्न नसकेको र त्यसलाई गतिशील बनाउनुपर्ने उनले औंल्याए। ‘आम कार्यकर्ता र जनताको भावनामा रहेको संयन्त्रले काम गर्न सकेको छैन। कांग्रेसको ओज र स्टेन्थलाई बराबर राख्न संयन्त्रले बढी ध्यान दिनुपर्छ। टुलुटुलु हेरेर बस्नु भएन। कांग्रेसको ओज घटाउन हुन्न भनेर गम्भीर बन्नुपर्‍यो,’ कार्यक्रम स्थलमा रहेका महामन्त्री गगन कुमार थापाप्रति इंगित गर्दै महरले भने।

गठबन्धन र देशको भावना विपरीत कुरामा कांग्रेसको संयन्त्रले सरकारसँग डिभेड गर्न सक्नुपर्ने उनको भनाइ छ। ‘सरकारसँग संयन्त्रले धेरै डिभेड गर्न नसकेको देशभरका साथीहरूको ठम्याइ छ। त्यसैले कांग्रेसको ओज र स्थितिलाई मध्यनजर गर्दै सम्मानको शक्ति सन्तुलन हुनुपर्छ। यसमा शीर्ष नेतृत्वको ध्यान पुगोस्,’ उनले भने।

यसका साथै समावेशिताको पूर्ण कार्यान्वयनका संविधानको अक्षरशः पालना हुनुपर्ने महरले बताएका छन्। संविधानले सबै जातजाति, समुदायका मानिसको अधिकार सुनिश्चित गरेको बताउँदै महरले त्यसको सफल कार्यान्वयन हुनुपर्नेमा जोड दिए।

‘संघीयताभित्रको समावेशिता कार्यान्वयनका लागि संविधानको अक्षरशः पालना हुनुपर्छ। आवश्यक कानुन तयार पारिनुपर्छ। त्यसका लागि कांग्रेसले पहल कदमी चाल्नुपर्छ। समावेशिताको आशय र मानसिकता अनुसार राजनीतिक दलहरूले काम गर्नुपर्छ,’ उनले भने। उनले यस्तो गर्न सके मात्र सबैलाई संघीयता र समावेशिताप्रतिको विश्वास बढ्ने बताएका छन्। 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖