संसदका ४ समितिको बैठक बस्दै

काठमाडौं, ८ माघ । संघीय संसद अन्तर्गतका चार समितिको बैठक बस्दैँछ ।

 

संघीय संसद सचिवालयका अनुसार ती सवै समितिको बैठक सिंहदरवारस्थित कार्यालयमा बस्नेछन् ।

 

जसअनुसार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा  विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि  छलफल हुनेछ । जुन बैठक बिहान ११ः३० बजे बोलाइएकोछ ।

 

कानून, न्याय तथा मानव अधिकार समितिको बैठक दिउँसो १ः०० बजे बस्नेछ । जुन बैठकमा महान्यायधिवक्ता कार्यालयको काम कारबाहीको सबन्धमामा छलफल हुनेछ ।

सार्वजनिक लेखा समितिको बैठकमा २ वटा अजेन्डामा छलफल हुनेछ । जसअनुसार उपसमितिहरुले समितिमा छलफल गर्ने भनी औंल्याएका विषय तथा समितिमा प्राप्त उजुरी उपरहरु सम्बन्धमा छलफल गरिनेछ । जुन बैठक बिहान ११ः०० बजेबाट सुरू हुनेछ ।

 

उता, दिउँसो ३ः०० बजेवाट सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्नेछ । जुन बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्‍डयन मन्त्रालयसँग छलफल हुने सबन्धित समितिले जनाएको छ ।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।