स्रोत नखुलेको रूपैयाँ सहित ३ जना पक्राउ

कपिलवस्तु, ९ माघ । स्रोत नखुलेको ६ लाख रूपैयाँसहित ३ जना पक्राउ परेका छन ।

 

कृष्णनगर नगरपालिका–२ लिङ्गेटबाट स्रोत नखुलेको नगद ६ लाख रूपैयाँ सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

 

पक्राउ पर्नेहरूमा कृष्णनगर नगरपालिका–१ मडाहा बस्ने ४२ वर्षीय गणेशप्रसाद यादव र रूपन्देही तिलोत्तमा नगरपालिका–१२ बस्ने २८ वर्षीय श्री बहादुर छन्त्याल रहेका छन् । 

 

अस्थायी प्रहरी पोष्ट लिङ्गेटबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको युपि ५५ एडि ०१३४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक गणेशलाई ४ लाख रूपैयाँ र पैदलयात्री श्री बहादुरलाई २ लाख रूपैयाँ सहित पक्राउ गरेको थियो । 

 

साथै थप अनुसन्धानको क्रममा उक्त कार्यमा संलग्न अर्घाखाँची पाणिनी गाउँपालिका–३ बस्ने २८ वर्षीय बिर बहादुर कुमाललाई समेत प्रहरीले पक्राउ गरि अनुसन्धान सुरू गरिएको छ ।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।