कोशी प्रदेश प्रहरी प्रमुखद्वारा कार्य सम्पादन सम्झौता, अर्धवार्षिक प्रगति विवरण समिक्षा कार्यक्रम सम्पन्न

बिरानगर, माघ ११ गते । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीले कोशी प्रदेशका १४ वटै जिल्ला प्रहरी प्रमुख, प्रशिक्षण प्रदायक कार्यालय तथा अन्य कार्यालय प्रमुखहरुसंग भर्चुअल माध्यमद्धारा अर्धवार्षिक कार्य सम्पादन प्रगति विवरणको समिक्षा गर्नुका साथै आवश्यक निर्देशन समेत दिनु भएको छ ।

माघ ११ गते कोशी प्रदेश प्रहरी प्रमुख अधिकारीको प्रमुख आतिथ्यतामा भर्चुवल माध्यमद्वारा भएको प्रगति विवरण समिक्षा कार्यक्रममा प्रदेश अन्तर्गतका प्रहरी कार्यालयहरुद्वारा गरिएका कार्यहरुको विश्लेषणात्मक समिक्षा गरिएको थियो । समिक्षा कार्यक्रममा मुद्दाको फछर्यौट, प्रमाणमुखि अनुसन्धान, फरार प्रतिवादी पक्राउ, लागुऔषध ओसार पसार तथा प्रयोगलाई नियन्त्रण, साईवर अपराध, आर्थिक अपराध नियन्त्रण, हराएका मानिसहरुको खोजतलास, पहिचान नभएका लाशको पहिचान, भन्सार छली नियन्त्रण, सवारी दुर्घटना न्युनिकरणमा विशेष पहल, सम्वेदनशिल इलाकाहरुमा थप सिसि क्यामेरा जडान तथा स्तर बृद्धि, समुदाय साझेदारी कार्यक्रम अन्तरगत बिभिन्न सचेतनामुलक कार्यक्रम संचालन लगायतका बिषयहरुमा जिल्ला प्रहरी कार्यालय लगायत मातहत इकाईहरुबाट गरिएका कार्यहरुको समिक्षा गरिएको थियो ।

प्रदेश प्रहरी प्रमुख अधिकारीले भर्चुअल माध्यमद्वारा समिक्षा कार्यक्रममा उपस्थित कार्यालय प्रमुखहरुलाई कार्य सम्पादन सम्झौता अनुसार आफ्नो लक्ष्य अनुसार पुरा गर्नु पर्ने कार्यहरुमा गम्भिरतापूर्वक लागि पर्न तथा थप रचनात्मक कार्यहरुका साथ आम नागरिकको सेवामा २४ सै घण्टा तल्लिन रही जन चाहना बमोजिमको प्रहरी सेवा प्रदान गर्न निर्देशन दिनु भयो ।

कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी नायव उपरीक्षक विनोद कुमार सुनुवारले कार्यक्रमको सहजिकरण गर्नु भएको थियो भने उक्त कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिपक पोख्रेल, प्रहरी उपरीक्षक आर्किटेक हरि डंगोल लगायत सिनियर प्रहरी अधिकृत तथा जुनियर प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।