प्रेस चौतारी मोरङको अध्यक्षमा चिना थापा
बिराटनगरमा । प्रेस चौतारी मोरङको ९ औं जिल्ला अधिवेशन सम्पन्न भएको छ।
शनिबार बिराटनगर स्थित कंचनजङ्गा पार्टी प्यालेसमा सम्पन्न भएको अधिवेशनले अध्यक्षमा सर्वसम्मत रुपमा चीना थापालाई निर्वाचित गरेको छ ।
त्यसैगरी जिल्ला कार्यसमितिको उपाध्यक्षमा शशांक पौडेल, महिला उपाध्यक्षमा रञ्जना अधिकारी, सचिवमा नवराज भट्टराई, सहसचिवमा कृष्णचन्द्र सुवेदी, समावेशी सहसचिवमा राजकुमारी तामाङ र कोषाध्यक्षमा पुन्य पी अधिकारी सर्वसम्मत चयन भएका छन् भने सदस्यहरुमा निशान्त ढुङ्गाना, विशाल मण्डल, प्रमोद कार्की, सामना भट्टराई, संगीता राई, शिशिर राई, शिवशंकर परिहस्त, रोहन राई, दीपक खड्का, रामकुमार शर्मा, रोमा दाहाल, कुलदीप बाँस्तोला, विवेक खतिवडा र विदिशा भट्टराई रहेका छन् ।
९ औं जिल्ला अधिवेशनका अवसरमा पत्रकार महेन्द्र विष्टलाई शालिग्राम–मञ्जु दाहाल पत्रकारिता पुरस्कारबाट सम्मानित गरिएको छ । जिल्ला अधिवेशनले आगामी माघ ३० गते विराटनगरमा हुने प्रदेश अधिवेशनका लागि प्रदेश परिषद् सदस्य र फागुन २५–२७ सम्म विराटनगरमा हुने १० औं महाधिवेशनका लागि केन्द्रीय परिषद् सदस्य पनि चयन गरेको छ ।


