ताप्लेजुङको नाका सवै वन्द, आईएमईमा धर्ना
चन्द्र मादेन आन्छन । सुदुर पूर्व ताप्लेजुङको मुक्कुमलुङ वलु डाँडामा गत १२ गते शनिवार प्रहरीको गोली खाएका तीनजना योद्धाहरुलाई विराटनगरमा उपचार हुन नसकेपछि हिजो करिव दिउँसो साडे २ वजे शिक्षण अस्पताल महाराजगञ्ज काठमाण्डौमा ल्याई उपचार गारिएको छ । दर्जनौ ज्यादा घाँईते भएका मध्ये तीनजना ईमर्जेन्सीमा पाँचथरका सगुन लावतीको छातीमा गोलीले वारपार छेडेको छ भने तेह्रथुमका याम लिम्वुको करिव १ ईन्च ठूलो तिघ्रामा गहिरो दुलो परेको छ । नाजुक दर्दनाक यी दुईजनाको राती १० वजे र १२ वजे देखि मुस्किलले सात पोका रगत जुटाएर उपचार अप्रेशन भैसकेको छ । त्यस्तै दोखु ताप्लेजुङका २० वर्षे धर्म पालुङ्वाको वन्दुकको कुन्जो र वुटले फुटवलझैं सुट हानेकोले अचेत अवस्थामा उठाई अहिले सोही अस्पतालमा उपचार भैरहेकोछ । अर्का योद्धाहरु ताप्लेजुङका लक्ष्मण ईदिङ्गो र तेह्रथुमका चन्द्र सागर लिम्वुलाई हिरासतमा थुनिरहेकोछ ।
विगत ६ वर्षदेखि चलिरहेको द्वन्द्व मुक्कुमलुङमा केवलकार राख्नेकी नराख्ने भन्ने सवालमा स्थानीयवासीहरु ऐतिहासिक मुन्धुम स्थल धार्मिक, प्रकृति र संस्कृति संग जोडिएकोले वेजिल्लाका नामुद व्यापारी चन्द्र ढकाल कम्पनीको ठेक्कामा नवनाऔ भन्नेमा छन भने प्रमुख पार्टीका सांसद र केहि स्थानीय ठूटे नेता र लोभी पापीहरु गोली ठोकेर दमन गरेर जवरजस्ति केवलकार वनाई छाड्नेमा दुईपक्षनै होडवाजी गरिरहेको छ ।
ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्र प्र.शर्माले “प्रहरीको आत्मा रक्षाको लागि हवाई फायर गरेको” भनि हिजो माघ १३ गते भ्रामक प्रेस विज्ञप्ति निकालेता पनि सिधै वन्दुक चलाएको देख्ने धेरै प्रत्यक्षदर्शी भने छदैछ । त्यस्तै वुढी औंला सर्लक्कै छिर्ने गोलीले लागेको दुलो देखिएकोले ७७ जिल्लाकै नामुद कुरौटे मतियार ताप्लेजुङको सिडिओ भनेर मोर्चाका नेता खगेन्द्र माखिमले आरोप लगाएका छन । घाँईतेहरु मध्ये धर्म पालुङवाको भनाई – “हामी वलु डाँडामा खानाखान लागिरहेको थियौ अचानक ८०,९० जना वन्दुक र लाउरै संग आएका प्रहरीहरुले हामी सवैलाई निर्घात किसिमले कुट्न थाले, केहि प्रतिकार गर्दा र भाग दौड गर्दा वन्दुकले ताकीताकी गोली हाने । त्यसपछि हामी वसेको होटलको तरकारी काट्ने चुलेसी, खुकुरी र गुलेली (काग धपाउने) खोसेर लगे । अझ दोकानमा राखेको रेडवुल, चाउचाउ विस्कुट लुटेर लगे ।” यसरी स्वयं प्रहरीवाटनै लुटेका रेडवुल, चाउचाउ र टोटा गोली (वन्दुकका)भुईमा यत्रतत्र छरिएको सामाजिक सञ्जालमा देख्न सकिन्छ ।
त्यस्तै सामाजिक सञ्जालमा भिजिलान्ते ईन्द्र केदेम भन्नेले ” वेजिल्लाका मान्छेले ताप्लेजुङमा हस्तक्षेप नगर , याक्थुङ चुम्लुङका प्रेम येक्तेन आए हामी ठोक्छौ” भनेर अराजक धम्कि दिएकाथिए भने अर्का भिजिलान्ते पदम चेन्जी मावोले भने ” केवलकार भयो भने २,४ वटा वाईक किन्ने पैसा हामीलाई आउछ” भनेर साथीसंग वार्तालाप गरेका थिए । त्यस्तै गत कार्तिक २३ गते पनि मादक पदार्थ सेवन गरेका हेलमेट सहितका भिजिलान्तेहरुले मुक्कुमलुङको तल्लो फेदीमा स्थानीय योद्धा चन्द्र मादेन र भरिया अर्जुन लिम्वुलाई नाङ्गो खुकुरीले प्रहरीहरुकै अगाडी मान्छे काटेका थिए । आश्चर्य र अनौठो कुरो चाहिं यो छकी यत्रो कानुन विपरीत वोल्ने, लेख्ने र मान्छे काट्नेलाई किटानी जाहेरी दिंदापनि प्रहरी प्रशासन सोधपुछ सम्म गर्दैन ।
पहिचानवादी उर्फ केवलकार विरोधीहरुले यसैको विरुद्ध अनिश्चितकालको लागि आज माघ १५ देखि मेची राजमार्ग र तमोर करिडोर वन्द गरेको छ । धेरैजना सैद्धान्तिक पहिचानवादीहरु भएतापनि ” धेरै विरालो भए मुसा मार्दैन” भनेझैं यिनीहरुको विमेलले गर्दा अहिले सम्म मुलवासी आदिवासीहरुको पहिचानको लंडाई असफल भैरहेको छ भने, यस्ता पहिचान आन्दोलनरत मुख्य घटकहरूको तौर तरिका व्यावस्थापनको कमजोरीले गर्दा तलका साधारण योद्धाहरु यसरी वलिको वोका हुन वाध्य भईरहेको छ । किनभने – कुमार लिङ्देन सञ्जुहाँङ संग नमिल्ने, अशोक राई आङकाजीहरु महेन्द्र लावती गोपाल किराती संग कुनै हालतले नमिल्ने, प्रेमदीप र कुमार लिङ्देन एकआपसमा मनपरी गाँड कोराकोर गर्ने, मित्र लिङ्देन र सागर केरुङको पूर्वी र पश्चिमीझै ध्रुविकरणमा छदैछ, खगेन्द्र माखिमलाई प्राय नेताहरुले आलोचना मात्रै गर्ने । त्यस्तै विष्णु तुम्वाहाम्फे, वीर नेम्वाङ, भगत सुव्वा, मनिस हेल्लोक आदिलाई कसैले मतलव नगर्ने, डकेन्द्र थेगिमलाई स्वयं चन्द्र कुमार शेर्मा र युमा साम्यो खेमाले विरोध मात्रै गर्ने,कुमार लिङदेन कुनै पार्टी संग पनि एकता वन्दै नगर्ने, मङ्गोल नेशनल अर्गनाईजेशन नेता कार्यकर्ताहरु भने आदिवासी जनजातिको शव्दै सुन्न नचाहने । त्यस्तै युमा साम्यो लिम्वुहरु किरात याक्थुङ चुम्लुङ र प्रेम येक्तेनको नामै सुन्न नचाहने, उता केपी पालुङ्वालाई आफ्नै पार्टीका विशेष पश्चिमे मगर गुरुङहरुले माथि उठ्नै नदिने आदि खिचातानीले गर्दा डामाडोल देखिन्छ । त्यस्तै अर्को कुरा नेतृत्व पङ्ति यी नेताहरुले मुख्य ठाँउमा दवाव र वार्ताको टुङ्गो नगर्नाले तलका सर्वसाधारण निर्दोष जनताहरु र तलका प्रहरीहरुनै एकआपसमा लडांई गर्न पीडित हुन वाध्य भएको भनेर वौद्धिक शुभचिन्तकहरुले भन्ने गरेको छ । किनभने मुक्कुमलुङमा केवल कार रोक्न पहिलो दवाव सिंहदरवारमा प्रधानमन्त्री, गृहमन्त्री त्यसपछि व्यापारी चन्द्र ढकाल, ताप्लेजुङका स्थानीय नेताहरु संग कसरी हुन्छ दवाव दिएर या वार्ता गरेर कुरो सल्टाउनुपर्ने थियो । यस्तो कुरो विल्कुल कोशिश भएको देखिन्दैन । जिम्मेवार नेताहरुले घाईते योद्धाहरुको उचित स्वास्थ्य, संरक्षण र व्यवस्थापन गर्न सकेको छैन भनेर त्रिभुवन शिक्षण अस्पतालमा पनि आगन्तुक शुभचिन्तकहरुको जनगुनासो सुनिन्थ्यो ।
केवलकारकै कुरो छिमेकी भारतको उत्तराखन्डका केदार नाथ, हेमकुन्ड साहिव, तुङनाथ मन्दिर त्यस्तै जम्मु काश्मीरको अमरनाथ गुफा, हिमालचल प्रदेशको मणी महेशा मन्दिर आदि ४ हजार मिटर भन्दा अग्ला हिम शिखरमा अत्यन्त पवित्र धार्मिक स्थल भएर पनि अहिले सम्म न कुनै यातायात न कुनै केवलकार वनाएका छन भनेर वुद्धिजिवीहरु तर्क दिन्छन भने केहि वुद्धिजिवी चाहिं मुक्कुमलुङ केवलकारको समस्या वार्ता गरेर निकासको वाटोमा जानुपर्ने सुझाव दिन्छन ।
अर्कोतिर सर्वश्रेष्ठ शक्तिकी पिठ मुक्कुमलुङमा हेलचेक्राई गरी कुकार्य गर्नेहरुलाई साक्षात् देवीले देउदण्ड पनि दिनुभएकोछ भनेर स्थानीयवासी वताउछन । उदाहरणको लागि केवलकार राख्नुपर्छ भन्ने पहिलो व्यक्ति व्यापारी पुस्प वडुवालको कोरोनाले मृत्यु भयो, त्यै केवलकार सिफारिशवाले तत्कालीन मन्त्री रविन्द्र अधिकारीको हेलिकप्टर दुर्घटना भएर मृत्यु, मुख्य विचौलिया आङछिरिङ शेर्पाको पनि त्यसैमा मृत्यु भएको छ । यो भन्दा अघि पनि सामान्य मासुभात खाएर पुजा गर्ने, नछुने भएको वेला जवरजस्ति थानमा जाने महिला देखि कुनै नराम्रो अपराध गर्ने जो कोहि पापीहरुलाई माताले चट्याङले हानेर, गाडी दुर्घटना भएर या कुनै अनिष्ट घट्ना आदि भएर दण्ड दिनुभएको छ । मुक्कुमलुङको केवलकार र कोशी प्रदेश स्थापनाका मुख्य नाईकेहरु प्रधान मन्त्री केपी ओली भर्खरै सिकिस्त विरामी भै भरखर तङ्ग्रेका छन, त्यस्तै तत्कालीन पूर्व मुख्य मन्त्री उद्धव थापा जनताको मुक्का खाएर अस्पताल भर्नाभै भरखर निस्केका छन, उता ताप्लेजुङका अर्का नाईके एमाले जिल्ला अध्यक्ष डम्वरध्वज तुम्वाहाम्फेलाई जिल्लावाट सिकिस्त भएपछि ईमर्जेन्सीमा काठमाण्डौ ल्याई उपचार गरिएको छ
यो समाचार लेख्दैगर्दा आजै माघ १५ गते डेणदुईघन्टामै काठमाण्डौ उपत्यका सहित पूर्वका दर्जनौ जिल्लाको मुख्य सहरहरुमा काला व्यापारी चन्द्र ढकालका ग्लोवल आईएमई आन्दोलनकर्मीहरुले घेराउ गरी कोणसभा गरेका छन । यसैगरी काठमाण्डौको कमलादीमा रहेको आईएमई वैंकमा करिव १ हजार जना योद्धाहरुले- माफिया चन्द्र ढकाल – मुर्दावाद, मुक्कुमलुङमा केवलकार – खारेज गर, गोली हान्ने आदेश दिने ताप्लेजुङका सिडिओलाई – कडा कारवाही गर, नालायक गृहमन्त्री रमेश लेखक – राजिनामा दे, संस्कृति र प्रकृति अतिक्रमण – वन्दगर, आईएलओ महासन्धि १६९ र नेपालको सविधान – पालना गर, निहत्था माथि प्रहरी दमन – वन्द गर आदि नारा जुलुस गर्दै कोणसभा गरेकाथिए ।
कलाकार किरण सिगुद्वारा संचालित उक्त कार्यक्रममा वक्ताहरु पहिचानवादी मोर्चाका संगठन प्रमुख पदम आधिकारी, वोजेनी आन्दोलनका योद्धा रणजित तामाङ, एमएनओका जीवन मङ्गोल, किरात राई यायोख्खाका महासचिव भीम राई,आदिवासी महिला महासंघका अध्यक्ष मिनी शेर्पा, किरात राई विध्यार्थीका केन्द्रीय उपाध्यक्ष शुभ राई र पहिचानवादी मोर्चाकी सरु सिङ्घक सवैले राज्यद्धारा माफिया ढकालको पिछलग्गु भएर पवित्र मुन्धुमी स्थलको अतिक्रमण गर्दै जवरजस्ति दमन गरी केवलकार वनाएकोमा कडा विरोध गरेका थिए । किन हो उपत्यकामा मै हु भन्ने साहित्यकार लेखक, गायक आदि श्रष्टाहरुको उपस्थिति पहिचानको लडांईमा खासै देखिन्दैन । सृजना र कलामा मात्रै खोकेर हुदैन व्यवहार हुनुपर्छ भन्दै भिंडमा केहि युवाहरु कुरागर्दैथिए ।


