मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु

धनगढी । अछाममा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।

कमलबजार नगरपालिका–१, मुलीकी ७२ वर्षीया मैसरा ढकालको मोटरसाइकलको ठक्करबाट घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

तुर्माखाँद गाउँपालिका–५ का २३ वर्षीय लक्ष्मण बहादुर शाहीले चलाएको सुदूरपश्चिम प्रदेश ०१००८ प ४०३ नम्बरको मोटरसाइकले मैसरालाइ आज बिहान करिब ११:५० बजेको समयमा ठक्कर दिएको अछाम प्रहरी कार्यालयका प्रमुख डीएसपी ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए।

महिलाले घाँस काट्न जानका लागि बाटो क्रस गर्ने क्रममा दुर्घटना भएको जनाइएको छ। मोटरसाइकल र चालकलाइ प्रहरीले नियन्त्रणमा लिएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖