विश्वभर छरिएका नेपाली भान्से (सेफ)हरुको अन्तराष्ट्रिय भेला काठमाडौंमा हुने

काठमाडौ । विश्वभर छरिएका नेपाली भान्से (सेफ)हरुको अन्तराष्ट्रिय भेला काठमाडौंमा हुने भएको छ ।

अन्तर्राष्ट्रिय नेपाल सोसाइटी क्यानडाका अध्यक्ष दिपक कार्कीका अनुसार आउँदो वैशाख ६ गते शनिबार काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी मार्ग बागबजारमा हुने सो भेलामा विश्वभर छरिएर रहेका नेपाली सेफहरु सहभागी हुनेछन् ।

पहिलो पटक हुन लागेको यस भेलामा खाना महोत्सव (फुड फेस्टिवल) समेत सञ्चालन हुनेछ । यस किसिमको नेपाली फुड फेस्टिवलमा विश्वभर कार्यरत सेतो कोट लगाउने सेफहरु (नेपाली भान्से)हरुको सामुहिक जमघट हुने भएकाले यो आम नेपालीहरुका लागि ऐतिहासिक र सुखद हुनेछ ।

नेपाली सेफ सोसाइटी र अन्तराष्ट्रिय नेपाली सेफ सोसाइटीको संयुक्त आयोजनामा सो फुड फेस्टिवल हुन जनाइएको छ ।
अन्तर्राष्ट्रिय नेपाल सोसाइटीको क्यानडा नेपाल सेफ सोसाइटी युएईका पूर्ब महासचिव दिपक कार्कीको अध्यक्षतामा ७० जनाको कर्यसमिति रहेको छ ।
कार्यक्रममा क्यानडा, मध्यपुर्व , युरोपका विभिन्न मुलुक, अमेरिका लगायत ३६ देशमा कार्यरत पाँच हजार भन्दा बढी सेफ प्रतिनिधिरुले सहभागीता जनाउनेछन् ।

नेपाल पर्यटन वोर्ड, पर्यटन मन्त्रालय र परराष्ट्र मन्त्रालयको सहयोगमा हुने फेस्टिवलले सेफहरूलाई एकताबद्ध गर्ने र नेपाली खाना संस्कृतिलाई विश्वभर प्रबद्र्धन गर्न मद्दत गर्ने विश्वास लिइएको छ ।

त्यसैगरी नेपाली सेफहरूबीच सञ्जाल निर्माण अन्तराष्ट्रिय स्तरमा कार्यरत नेपाली सेफहरूलाई एकत्रित गरेर अनुभव आदान–प्रदान गर्ने, नेपाली परिकारहरूलाई विश्व बजारमा चिनाउने तथा सेफहरूका पेशागत चुनौती र अवसरहरूबारे समेत छलफल गर्ने उद्देश्यले फेस्टिवल हुन लागेको हो । महोत्सवमा देश तथा विदेशका गरी ४० वटा खानाका स्टल राखिनेछ ।

फेस्टिवलमा नेपाली परम्परागत परिकारदेखि आधुनिक परिकारहरूको प्रदर्शनी, सेफहरूका लागि नयाँ कौशल र प्रविधिको ज्ञान, सेफ अवार्डः उत्कृष्ट सेफहरूलाई सम्मान, सोसाइटीको किताव विमोचन , राष्ट्रिय कलाकारहरुको उपस्थितिमा नेपाली गीत–संगीत र लोपउन्मुख झाकीँ सहितका नृत्य कला प्रस्तुत गरिनेछ ।

प्रथम महाधिवेशनको तयारी

यसैबीच अन्तराष्ट्रिय नेपाली सेफ सोसाइटीको प्रथम महाधिवेशनको तयारी थालिएको छ । काठमाडौँमा हुने महाधिवेशनले विश्वभरका सेफहरुको उपस्थितिमा आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।

अन्तराष्टिय महाधिवेशन अघि अहिले विभिन्न मुलुकमा अधिवेशन चलिरहेको छ । हाल ३६ देशमा अधिवेशन सम्पन्न भइसकेको छ ।

सोही अवसरमा अन्तर्राष्ट्रिय सेफ अवार्ड र सामाजिक अवार्ड वितरण, नेपाली खाना महोत्सव , लाइभ प्रदर्शन , किताब विमोचन, प्रतियोगिता, लोपोन्मुख मौलिक झाँकी र सांस्कृतिक प्रस्तुति नेपालीका ख्याति प्राप्त कलाकारहरूको मनोरञ्जनात्मक कार्यक्रम समेत हुनेछ । त्यस्तै सेफ पेशामा कम्तिमा ६ बर्ष काम गरेको सेफ भान्सेलाइ सदस्यता तथा प्रमाणपत्र प्रदान गरिनेछ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।