वृद्ध- वृद्धा,अपाङ्ग तथा बिपन्नलाई कम्बल वित्तरण

रौतहट, २५ माघ। जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका यूनिटहरु मार्फत जिल्लाका सैयौं वृद्ध वृद्धा अपाङ्ग तथा अति गरिब बिपन्न नागरिक लाई न्यानो बलैनंकेट कम्बल बितरण गरिएको छ।

पुस महिना सुरुभए देखिनै रौतहटमा बिहानै देखी घाम नलागी हुसुलागेर चलेको सितलहर संगै बढेको जाडो बाट जोगाउन जिल्ला बिपद व्यवस्थापन समितिबाट प्राप्त ४५० थान बलैनंकेट कम्बल बितरण गरिएको प्रहरीले जनाएको छ।

छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरी जिल्ला प्रहरी कार्यालय रौतहटबाट १०० थान, ईलाका प्रहरी कार्यालय गरुडाबाट ७५ ईलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरबाट ७५ त्यसैगरी क्रमसः ईलाका प्रहरी कार्यालय कटहरिया, लक्षमिनिया , गंगापिपरा, राजापुरबाट ५० थनको दरले गरी कुल ४५० थान बलैनंकेट कम्बल बित्तरण गरिएको जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले बताएका छन्।

 

यसपाली पुस महिनाको सुरुदेखि नै जाडो बढ्दै गएपछि ६५ बर्ष माथिका जेष्ठ नागरिक, सुत्केरी महिला, गर्भवती महिला, अपाङ्ग, तथा अती बिपन्न गरिब असहायलाई लक्षित गरी गत पुस २३ गते सिडियो हिरालाल रेग्मीको अध्यक्षतामा बसेको जिल्ला बिपद व्यवस्थापन समिति रौतहटको बैठकले कम्बल बलैनंकिट वित्तरण गर्ने निर्णय भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖