उद्योग मन्त्री भण्डारीद्वारा नवलपरासी स्थित औद्योगिक गतिविधिको अवलोकन

काठ्माडौं, २५ माघ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री माननीय दामोदर भण्डारीले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्ला स्थित औद्योगिक तथा व्यापारिक गतिविधिहरूको अवलोकन र केहि विषेश परियोजनाहरूको उद्घाटन गरेका छन ।

आज उनले २ मेगावाट क्षमताको सोलार प्लान्ट उद्घाटन गरेका हुन । नवलपरासीको रामग्रामस्थित अरुण वेभरेज प्रालिमा २ मेगावाटको सौर्य ऊर्जा प्लान्टको उद्घाटन गर्दै स्वच्छ र नविकरणीय ऊर्जाको प्रवद्र्धन तथा विकास गर्न सरकार कटिबद्ध रहेकोसमेत बताए ।

 

उनका अनुसार स्वदेशी उत्पादनमा जोड दिनुका साथै ऊर्जा आत्मनिर्भरता हासिल गर्ने दिशामा यो एक महत्वपूर्ण कोसेढुंगा सावित हुने जनाए ।

 

मन्त्री भण्डारीले सम्बृद्धि स्टिल प्याक्ट्रीको अवलोकन गरेका छन । उद्योग क्षेत्रको सम्भाव्यता, उत्पादनशीलता र रोजगारी सिर्जना सम्बन्धी प्रत्यक्ष जानकारी लिन स्टिल प्याक्ट्री को अवलोकन गर्नुहुँदै औद्योगिकीकरणलाई तीव्रता दिन आवश्यक नीतिगत सुधार तथा पूर्वाधार निर्माणका विषयमा उद्योगपतिहरूसँग छलफल गरेका थिए । 

छलफलमा क्रममा मन्त्री भण्डारीले उद्योग सम्बन्धी नीतिगत सुधार गर्ने प्रतिवद्दता व्यक्त गर्दै उद्योगमैत्री नीति बनाउने बताउदै उनले आगामी वजेट उद्योगीको हकहितमा विननियोजन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन ।

यसैगरी लक्ष्मी ह्युन्डाइ एसेम्बलिङ्ग प्लान्टकोसमेत अवलोकन गरेका थिए ।  स्वदेशमै सवारी साधन एसेम्बल गरी आयात प्रतिस्थापन गर्नुपर्नेमा जोड दिदैँ  मन्त्री भण्डारीले नेपालमा गाडी निर्माण तथा एसेम्बलिङ उद्योगको विस्तारले मुलुकको औद्योगिक विकासलाई थप गति दिने विश्वास व्यक्त गरेका छन ।


 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।