उद्यमशीलताको भविश्य नेपालमै खोजौं, विदेश नरोजौं’

काठमाडौं, २५ माघ । उद्यमशील युवाले नेपालमै भविश्य खोज्नुपर्ने बताएका छन्।

 

शुक्रबार ह्ववाइट हाउस लिटरेचर फेस्टिभलमा आफ्नो धारणा राख्दै नेपालमा व्यावसायीक सफलता हासिल गरिरहेका द क्लिप्स बन्जिजम्प व्यवसायी राजु कार्की, माउन्टेन हिस्टारिट्रिक नगरकोटका अध्यक्ष होटल तथा पर्यटन व्यवसायी अर्जुनसिंह ठकुरी र फ्रेन्चाइज क्यू एफएक्स सिनेमाकि प्रबन्धक तृप्ति गिरीले उक्त कुरा बताएका हुन्।

 

ठकुरीले आफूसँग भएको चिजको सदुपयोग गर्दै उद्यमशीलतालाई अगाडि बढाउनु पर्ने बताए। आफूले १२ रुपैयाँबाट होटल व्यवसायमा लगानी गरेकोमा अहिले ५० करोडभन्दा माथिको लगानी पुगाएको बताए। उनले नेपालमा व्यवसाय गर्दाका हजारौं समस्या भए पनि त्यसको सामना गर्नुको विकल्प नरहेको धारणा राखे। नेपालमा देशभन्दा व्यक्ति/व्यक्तिका समस्या धेरै रहेको उनको भनाइ छ ‘नेपालमा व्यवसायीक वातावरण छैन। यस्तो अवस्थामा आफूले पनि सहजता बनाउनुपर्छ,’ उनले भने।

 

यस्तै गिरीले आफूले १० वर्ष विदेशमा बसे पनि अन्तिममा उद्यमशिलताका लागि नेपाल रोजेको बताइन्। आफूले आइटीमा १० वर्ष हंकङ र आठ वर्ष अमेरिका बसेर काम गरेकोमा आफ्नै देशमा केही गर्नुपर्छ भन्ने सोचका साथ स्वदेश फर्किएको उनले बताइन्। ‘नेपालमा रिसर्चमा धेरै सम्भावना छैन। किन फर्किएको भनेर सोध्नेहरूको ठूलो जमात छ। नेपाल छोडेर विदेश केका लागि जाने भनेर सोच्नुपर्छ। त्यहाँ के अवसर छ भनेर विचार गर्नुपर्छ,’ उनले भनिन्। गिरीले युवाहरूले उद्यम गर्न सक्नुपर्ने बताएकी छन्। उद्यम गर्न नसके जागिर खान नसकिने उनको भनाइ छ। केही छैन भन्दैमा निराश नहुन उनको सुझाव छ।

 

यस्तै कार्कीले स्पष्ट योजनाका साथ काम गर्दा सहजै सफलता हासिल गर्न सकिने धारणा राखेका छन्। ‘नेपालमा अरुको सिको गर्ने चलन छ। कुनै एक व्यवसाय सफल हुँदा त्यसैको पछि लाग्छौं। यसले सफल भइदैन। नयाँ भिजनका साथ काम गर्दा नेपालमा धेरै अवसर छ,’ उनले भने। गन्तव्यमा पुग्नका लागि केही न केही सीपमा अब्बल हुनु पर्ने धारणासमेत उनले राखे। त्यसैले कुनै न कुनै सिपमा अब्बल हुन उनको सुझाव छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।