तस्करीको आशंकामा १ करोड ९५ लाखको सामान बोकेका ट्रक पर्सा प्रहरीको नियन्त्रणमा

काठमाडौं – वीरगन्ज भन्सार कार्यालयबाट जाँचपास भएर नेपाल छिरेका तीन वटा मालबाहक ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ।

तस्करीको आशंकामा पर्सा प्रहरीले शनिबार वीरगन्ज महानगरपालिका-१६ गण्डक नहर चोकबाट ट्रकहरू नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले बा१ख ९९०९, ना६ख ५४९१ र ना६ख ६३९७ नम्बरको मालबाहक ट्रक साँझ साढे ६ बजे नियन्त्रणमा लिएको पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले बताए। तिनवटै ट्रक वीरगन्जबाट काठमाडौंका लागि प्रस्थान गरेका थिए।

‘बिल बिजकभन्दा बढीको सामान लोड गरिएको छ भन्ने विशेष सूचना प्राप्त भएपछि प्रहरीले ट्रक नियन्त्रणमा लिएको हो,’ मिश्रले भने, ‘यसबारे हाम्रो टोली र राजश्व अनुसन्धान कार्यालय पथलैयाबाट थप अनुसन्धान भइरहेको छ।’

तीन वटै ट्रकमा साइन्टिफिक क्यालकुलेट र हेयर ट्रिम्मर लोड गरिएको थियो। बिल बिजकभन्दा बढीको सामानलाई ‘तस्करीजन्य अपराध’ आशंका गरेर प्रहरीले नियन्त्रणमा लिई राजश्वलाई बुझाउने गरेको छ।

मिश्रका अनुसार तीन वटा ट्रकमा १ करोड ९५ लाख रुपैयाँ बराबरको सामान रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। ट्रकहरू आइतबार प्रहरीले राजश्व अनुसन्धान कार्यालय पथलैया बुझाएको छ।

पर्सा जिल्ला तस्करीजन्य अपराध अत्यधिक हुने ठाउँले परिचित छ। ‘लोड गरिएको भन्दा न्यून मूल्यांकन गरी कागजात बनाएर भन्सार छलेर सामान नेपाल ल्याइने प्रवृत्ति पर्सामा छ,’ मिश्रले भने, ‘तस्करीजन्य अपराधमा हामीले उच्च निगरानी बढाएका छौं।’

मिश्र भर्खरै पर्सा जिल्लामा सरुवा भएर गएका अधिकृत हुन्। उनले सीमा, लागुऔषध, तस्करीजन्य अपराध आफ्नो प्राथमिकता रहेको बताए।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।