डेढ करोड बढीको बैंकिङ कसुरका फरार प्रतिवादी पक्राउ

काठमाडौं – बैंकिङ कसुरका फरार प्रतिवादी पक्राउ परेका छन्। प्रहरीले बारा जितपुर सिमरा उपमहानगरपालिका-१५ घर भई हाल ललितपुर महानगरपालिका-५ बस्ने ३६ वर्षीय हिरालाल विश्वकर्मा रहेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विश्वकर्मालाई सोमबार ललितपुर टिकाथलीबाट पक्राउ गरेको हो।

कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रमेशकुमार बस्नेतका अनुसार विश्वकर्माविरूद्ध जिल्ला अदालत भक्तपुरले पाँच दिन कैद र एक करोड ५० लाख रुपैयाँ जरिवानाको फैसला गरेको थियो।

गत कात्तिक २६ गते अदालतले फैसला गरेयता विश्वकर्मा फरार रहेका थिए। फरार व्यक्ति खोजी तथा अनुसन्धानको सिलसिलामा कार्यालयको टोली विश्वकर्माको पछि लागेको थियो।

विश्वकर्मालाई जिल्ला अदालत भक्तपुर पठाइएको छ। बस्नेतका अनुसार विश्वकर्मा संलग्न बैंकिङ कसुरको अर्को मुद्दा ललितपुरमा छ। उनीविरूद्ध ललितपुर परिसरले अदालतबाट पक्राउ पुर्जी लिइसकेको छ। उक्त कसुरमा विश्वकर्मालाई २२ लाखको बिगो छ।

यस्तै, विश्वकर्मालाई १२ लाख रुपैयाँ बिगोको बैंकिङ कसुरको मुद्दामा वृत्त स्वयम्धुले पक्राउ पुर्जी लिइसकेको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।