शिक्षिकाले तातो पन्युले तीन विद्यार्थीको गाला डामेपछि…

काठमाडौं – कक्षाकोठामा हो-हल्ला गरेको भन्दै तनहुँकी एक शिक्षिकाले एक जना बालकलाई गालामा तातो पन्युले डामेकी छिन्।

भीमाद नगरपालिका-६ शान्तिनगरकी ३४ वर्षीया सुष्मा श्रेष्ठले प्रभात एकेडेमी बोर्डिङ स्कुलमा कक्षा ४ मा अध्ययनरत् एक बालकलाई खाना पकाउने पन्युले गालामा डामेर घाइते बनाएकी हुन्।

मंगलबार साढे ११ बजे शिक्षिका श्रेष्ठले कक्षामा हो-हल्ला गरेको भन्दै सजाय दिने बहानामा तातो पन्युले बालकको गालामा डामेको तनहुँ प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक राजु अधिकारीले बताए।

‘शिक्षिकाले गालामा पन्युले डाम्दा बालक घाइते भएको भनी सामाजिक सञ्जालमा प्रसारण भएपछि शिक्षिकालाई पक्राउ गरिएको छ,’ अधिकारीले भने।

शिक्षिका श्रेष्ठले अन्य दुई जना विद्यार्थीलाई समेत सोही प्रकृतिले डामेको खुलेको छ।

यसरी शिक्षिकाले सजायको नाममा यातना दिएपछि पीडित बालकका अभिभावक प्रहरीमा जाहेरी दिन पुगेका थिए।

उक्त स्कुलकी लेखापालसमेत रहेकी शिक्षिकालाई बुधबार नियन्त्रणमा लिएर बालबालिकाविरूद्धको कसुरमा प्रहरीले अनुसन्धान थालेको छ। श्रेष्ठलाई जिल्ला अदालत तनहुँले पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।